राष्ट्रिय युवा परिषद्को कार्यकारी बोर्ड सदस्यमा सुदुरपश्चिमका शाह नियुक्त

नेपाल सरकार, युवा ,श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्को कार्यकारी बोर्ड सदस्यमा रबेन्द्र विक्रम शाह नियुक्त भएका छन्। विगत एक दशकभन्दा बढी समयदेखि युवा सशक्तीकरण, नेतृत्व विकास, नागरिक सहभागिता तथा सामाजिक अभियानका क्षेत्रमा सक्रिय शाहको पुनः जिम्मेवारीले युवा क्षेत्रमा सकारात्मक ऊर्जा थपिएको छ।

शाह यसअघि पनि योग्यता, अनुभव र युवा क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यमा नियुक्त भई जिम्मेवारी निर्वाह गरिसकेका व्यक्ति हुन्। युवा नीति, नेतृत्व विकास, स्वयंसेवा, मानव अधिकार तथा नागरिक सहभागिताका क्षेत्रमा लामो अनुभव हासिल गरेका शाहलाई यसपटक कार्यकारी बोर्ड सदस्यको थप जिम्मेवारी दिइएको हो।

शाहले MBA अध्ययनमा विश्वविद्यालय टप गर्दै शैक्षिक उत्कृष्टता समेत हासिल गरेका छन्। शैक्षिक उपलब्धिसँगै उनले व्यवहारिक रूपमा पनि युवासम्बन्धी नीति, कार्यक्रम, तालिम, अभियान तथा संवाद प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै आएका छन्।

उनी एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँग आबद्ध रही विभिन्न जिम्मेवारीमा सक्रिय भइसकेका छन्। JCI Nepal, Youth Initiative, Amnesty International, National Youth Council, Youth NGO Federation Nepal, Lions Club लगायतका संस्थामार्फत उनले युवा नेतृत्व विकास, मानव अधिकार, सामाजिक उत्तरदायित्व, सुशासन, स्वयंसेवा तथा नागरिक सहभागिताका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्।

विशेषगरी ग्रामीण तथा स्थानीय तहका युवालाई नेतृत्व विकास र क्षमता अभिवृद्धिका अवसरसँग जोड्ने, युवालाई नीति निर्माण प्रक्रियामा सहभागी गराउने तथा युवा उद्यमशीलता, रोजगारी, सीप विकास र सामाजिक अभियानलाई संस्थागत गर्ने विषयमा शाहले निरन्तर पैरवी गर्दै आएका छन्। राष्ट्रिय युवा परिषद्का विभिन्न तालिम तथा कार्यक्रममार्फत समेत उनले देशका विभिन्न जिल्लाका युवासँग प्रत्यक्ष रूपमा काम गरेका छन्।

राष्ट्रिय युवा परिषद्मा उपाध्यक्षको पद रिक्त रहेको वर्तमान अवस्थामा कार्यकारी बोर्ड सदस्य शाहको भूमिका अझ महत्वपूर्ण र जिम्मेवारीपूर्ण हुने देखिएको छ। युवा नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, युवा परिचालन, सरकारी तथा गैरसरकारी क्षेत्रबीच समन्वय, युवाको आवाजलाई नीति तहसम्म पुर्‍याउने तथा परिषद्का गतिविधिलाई थप परिणाममुखी बनाउने कार्यमा उनको अनुभव र सक्रियताबाट महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

आफ्नो नियुक्तिपछि प्रतिक्रिया दिँदै शाहले भने,
“राष्ट्रिय युवा परिषद्को कार्यकारी बोर्ड सदस्यको जिम्मेवारी पाउनु मेरा लागि सम्मान मात्र होइन, ठूलो जिम्मेवारी पनि हो। यसअघि बोर्ड सदस्यका रूपमा प्राप्त अनुभवलाई थप प्रभावकारी रूपमा प्रयोग गर्दै युवाको आवाजलाई नीति निर्माणको तहसम्म पुर्‍याउने, युवाका अवसर र सम्भावनालाई विस्तार गर्ने तथा समावेशी, सक्षम र जिम्मेवार युवा पुस्ता निर्माणका लागि इमान्दारीपूर्वक काम गर्नेछु।”

युवा क्षेत्रमा लामो अनुभव, शैक्षिक उत्कृष्टता तथा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभवका कारण शाहको नयाँ जिम्मेवारीलाई युवा क्षेत्रका सरोकारवालाहरूले अर्थपूर्ण रूपमा हेरेका छन्। उपाध्यक्षको पद रिक्त रहेको अवस्थामा कार्यकारी बोर्ड सदस्यका रूपमा शाहमाथि थप भूमिका र अपेक्षा बढेको छ।

उनको नियुक्तिले राष्ट्रिय युवा परिषद्, सरकारी निकाय, युवा संघ–संस्था तथा नागरिक समाजबीचको सहकार्यलाई थप मजबुत बनाउँदै युवामैत्री नीति, कार्यक्रम र अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त...

सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो...

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...