के आइ सिंह गाउँपालिका डोटीको अध्यक्षमा महेन्द्र कुँवरको चर्चा

आगामी २०८४ को स्थानीय निर्वाचनमा डोटी जिल्लाको के आइ सिंह गाउँपालिकामा युवाहरुले नेतृत्व गर्ने छलफल सुरु भएसङ्गै विभिन्न युवाहरुले चासो दिन थालेका छन्। गाउँपालिका लाई कसरी राम्रो बनाउन सकिन्छ, त्यसका निम्ति के के गर्न सकिन्छ र कसले त्यसको नेतृत्व गर्न सक्छ भन्ने विषयमा समेत छलफल सुरु भएका छन्। यसैबीच के आइ सिंह गाउँपालिका वाड नं.३ निवासी युवा नेता महेन्द्र कुँवरको आगामी निर्वाचनमा उम्मेद्वार बन्ने चर्चा चलिरहेको छ।

विज्ञापन

लामो समयदेखि नेकपा एमालेको राजनीतिमा मा सक्रिय कुँवर पार्टी संगठनका माध्यमबाट सामाजिक कामहरु गर्दै आइरहेका छन्। हाल राष्ट्रिय युवासंघ नेपाल डोटी जिल्ला संयोजक समेत रहेका कुँवर नेकपा एमाले के आई सिंह गाउँपालिका कमिटी अध्यक्ष समेत रहेका छन् । पार्टी संगठन निर्माण र विभिन्न सामाजिक कार्यहरुमा सक्रिय कुँवर युवाहरुबीच पनि लोकप्रिय रहेका छन्। गाउँपालिका समृद्ध बनाउने स्पस्ट योजना बनाएर आगामी पाच वर्ष युवा, शिक्षा, कृषि लगाएतका क्षेत्रमा काम गर्नेगरी गाउपालिकाको अध्यक्ष बन्ने योजना बनाइ रहेको उनले बताएका छन्। लामो राजनीतिक तथा सामाजिक क्षेत्रको अनुभव, अग्रजहरुको सुझाव र युवाहरुको साथ लिएर गाउपालिकालाई अगाडी बढाउने योजना सहित् पार्टी संगठनले विश्वास गरेर उम्मेद्वार बनाए आफु तयार रहेको समेत उनले बताएका छन्।

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...

बाढीपीडितहरुसंग प्रधानमन्त्रीको प्रतिबद्धता : तपाईहरुलाई कहिल्यै अलपत्र छाड्दैनौं

प्रधानमन्त्री बालेन शाहले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई कहिल्यै अलपत्र नपार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार...