के आइ सिंह गाउँपालिका डोटीको अध्यक्षमा महेन्द्र कुँवरको चर्चा

आगामी २०८४ को स्थानीय निर्वाचनमा डोटी जिल्लाको के आइ सिंह गाउँपालिकामा युवाहरुले नेतृत्व गर्ने छलफल सुरु भएसङ्गै विभिन्न युवाहरुले चासो दिन थालेका छन्। गाउँपालिका लाई कसरी राम्रो बनाउन सकिन्छ, त्यसका निम्ति के के गर्न सकिन्छ र कसले त्यसको नेतृत्व गर्न सक्छ भन्ने विषयमा समेत छलफल सुरु भएका छन्। यसैबीच के आइ सिंह गाउँपालिका वाड नं.३ निवासी युवा नेता महेन्द्र कुँवरको आगामी निर्वाचनमा उम्मेद्वार बन्ने चर्चा चलिरहेको छ।

विज्ञापन

लामो समयदेखि नेकपा एमालेको राजनीतिमा मा सक्रिय कुँवर पार्टी संगठनका माध्यमबाट सामाजिक कामहरु गर्दै आइरहेका छन्। हाल राष्ट्रिय युवासंघ नेपाल डोटी जिल्ला संयोजक समेत रहेका कुँवर नेकपा एमाले के आई सिंह गाउँपालिका कमिटी अध्यक्ष समेत रहेका छन् । पार्टी संगठन निर्माण र विभिन्न सामाजिक कार्यहरुमा सक्रिय कुँवर युवाहरुबीच पनि लोकप्रिय रहेका छन्। गाउँपालिका समृद्ध बनाउने स्पस्ट योजना बनाएर आगामी पाच वर्ष युवा, शिक्षा, कृषि लगाएतका क्षेत्रमा काम गर्नेगरी गाउपालिकाको अध्यक्ष बन्ने योजना बनाइ रहेको उनले बताएका छन्। लामो राजनीतिक तथा सामाजिक क्षेत्रको अनुभव, अग्रजहरुको सुझाव र युवाहरुको साथ लिएर गाउपालिकालाई अगाडी बढाउने योजना सहित् पार्टी संगठनले विश्वास गरेर उम्मेद्वार बनाए आफु तयार रहेको समेत उनले बताएका छन्।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...