बुबालाई खुकुरी प्रहार गर्ने छोरो पक्राउ

पाँचथरमा बुबामाथि खुकुरी प्रहार गर्ने छोरा पक्राउ परेका छन् ।

पाँचथर प्रहरीले फाल्गुनन्द गाउँपालिका–६ छयागुका ४५ वर्षीय लोकबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।लोकबहादुरले शुक्रबार साँझ ७६ वर्षीय मनबहादुर मोक्तानमाथि खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका लोकबहादुरले सामान्य विवादमा बुबामाथि खुकुरी प्रहार गरेका थिए । टाउकोमा गहिरो चोट लागेका मनबहादुरको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम छ ।

लोकबहादुरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...