जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ !

जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ ।

दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरुलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका–८ का वडाध्यक्ष आसे बस्नेतले बताए ।

मौसम सफा भएकाल पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीमा काममा व्यस्त रहेका छन् । दसैँभन्दा पनि किसानहरुलाई बाली भित्र्याउने कार्यलाई प्राथमिकता परेको वडाध्यक्ष बस्नेतको भनाइ छ ।

बडादसैँ ठूलो चाड भए पनि बाली पनि यति नै बेला पाकेको कारण चाड मनाउने र बाली थन्क्याउने काम सँगसँगै गर्नुपरेको तातोपानी गाउँपालिका–४ का किसान अप्सरा पाण्डेको भनाइ छ । यतिबेला जिल्लाका अधिकांश किसान पाकिसकेको बाली घरमा भित्र्याउन बिहानदेखि बेलुकासम्म काममा खटिरहेको देखिन्छ ।

यतिबेला फापर, कोदो, सिमी, भटमास, आलुलगायतका बाली थन्क्याउने कामको चटारोमा किसान रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...