राष्ट्रपति पौडेलले १०:२६ बजे साइतमै टीका ग्रहण गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन बिहान १०:२६ बजे शुभसाइतमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने भएका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा गुरु पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ।यसअघि राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने परम्परा रहे पनि मुलुकको विषम परिस्थितिका कारण गत वर्षदेखि उक्त कार्यक्रम सञ्चालन गरिएको छैन।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...