कांग्रेसमा नया तरंग, पूर्ण बहादुर खडका पक्ष गगनको साथमा उभिने

नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट एक समूह संस्थापन पक्षले आयोजना गर्ने पार्टीको १५ औं महाधिवेशनमा सहभागी हुने भएको छ । सभापति गगन थापाले खड्का समूहले पार्टी एकताका लागि अघि सारेका ८ बुँदे माग सम्बोधन गर्न तयार भएपछि उक्त समूह महाधिवेशनमा सहभागी हुन सहमत भएको हो ।

खड्का समूहले पार्टीभित्रको विवाद समाधान तथा महाधिवेशनलाई एकताबद्ध रूपमा अघि बढाउन विभिन्न सर्त अघि सारेको थियो । ती मागमध्ये सदस्यता विवाद, निवर्तमान समितिका केन्द्रीय सदस्यको व्यवस्थापन, केन्द्रीय कार्यसम्पादन समितिमा सहभागिता तथा भ्रातृसंस्था र निर्वाचनसम्बन्धी समितिमा प्रतिनिधित्वलगायतका विषय सम्बोधन गर्ने प्रतिबद्धता सभापति थापाबाट आएपछि महाधिवेशनमा सहभागी हुने निष्कर्षमा पुगेको समूहका नेताहरूले बताएका छन् ।

समूहका नेता श्याम घिमिरेले बताएअनुसार उनीहरूले संस्थापन पक्षसँग राखेका ८ बुँदे माग पूरा गर्ने सहमति बनेपछि महाधिवेशनमा सहभागी हुने निर्णय गरिएको हो । उनका अनुसार सदस्यताको विषय यसअघि नै सम्बोधन भइसकेको छ । त्यसैगरी निवर्तमान समितिका १११ जना केन्द्रीय सदस्यलाई समेटेर लैजाने, कार्यसम्पादन समितिमा सहभागी गराउने तथा भ्रातृसंस्था र निर्वाचनसम्बन्धी समितिमा समेत सहभागिता सुनिश्चित गर्ने विषयमा पनि सभापति थापाले आश्वस्त पारेका छन् ।

खड्का समूह महाधिवेशनमा सहभागी हुने निष्कर्षमा पुगेपछि संस्थापन पक्षले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकबाट केन्द्रीय कार्यसमितिमा केही सदस्य मनोनयन गर्ने तयारीसमेत रहेको कांग्रेस स्रोतले जनाएको छ । यसले पार्टीभित्रको पछिल्लो शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने देखिएको छ ।

घिमिरेका अनुसार समूहले पटक–पटक आन्तरिक छलफल गरेर महाधिवेशनमा सहभागी हुने निर्णय गरेको हो । शुक्रबार निवर्तमान समितिका ३१ जना केन्द्रीय सदस्य तथा पदाधिकारीले साझा धारणा सार्वजनिक गर्दै आफूहरू संस्थापन पक्षसँग सहकार्य गरेर अघि बढ्ने संकेत दिएका थिए ।

उनले खड्का समूहबाट करिब ४० जना निवर्तमान समितिका केन्द्रीय सदस्य महाधिवेशनमा सहभागी हुने दाबी गरेका छन् । यससँगै यसअघि पूर्वसभापति शेरबहादुर देउवाको पक्षमा देखिएको समूहभित्रै विभाजनको संकेत देखिएको छ । खड्कानिकट नेताहरूको ठूलो हिस्सा गगन थापा नेतृत्वको संस्थापन पक्षसँग उभिएपछि कांग्रेसको आगामी महाधिवेशनमा शक्ति समीकरण फेरबदल हुने सम्भावना बढेको छ ।

यद्यपि, स्वयं पूर्णबहादुर खड्का भने संस्थापन पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने भएका छन् । उनी स्वयंले कांग्रेस विवादमा अदालतमा मुद्धा दायर गरेकाे कारण सहभागी नहुने भएका हुन् । 

खड्का समूहकाे निर्णयसँगै देउवा समूह भने थप दबाबमा परेकाे छ । देउवा समूहका अन्य केही नेताहरू पनि निरन्तर संस्थापन पक्षसँग संवादमा रहेका छन् ।

राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त...

सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो...

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...