कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका छन्। विगतदेखि निरन्तर मन्दिर कुटी निर्माणका नाममा गर्दै आएको अनुत्पादक करोडौं खर्च बन्द गरेर प्रदेशका चार मुख्य क्षेत्र गोदावरी धाम, खप्तड, चुरेमा रहेको ऐतिहासिक गर्वा दरबारको पुनर्निमाण र ऐतिहासिकताको प्रचार जोशीपुरमा रहेको थारु समुदायको आस्थाको केन्द्र कुट्नी बुढिया धार्मिक क्षेत्रलाई राम्रो लगानी सहित पर्यटकीय तथा धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सुझाए पेश गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टकै आग्रहमा कैलाली बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु अध्यक्ष यमराज जोशी तथा युवा पवन सुनारले विभिन्न क्षेत्रका व्यक्तीहरसँग छलफल गरी उक्त प्रतिवेदन मुख्यमन्त्री समक्ष पेश गरेका छन्। बजेट निर्माण र कार्यान्वयन प्रभावकारी कसरी गर्ने भन्ने विषयमा उक्त प्रतिवेदन पेस गरिएको हो । १२ पृष्ठ लामो प्रतिवेदन मुख्यगरी ६ वटा बुँदामा सुझाव पेश गरिएको छ। उक्त छ वटा बुँदाको मुख्य आशय यसरी उल्लेख गरिएको छ।

१. युवाको क्षेत्रमा

हरेक वर्ष युवाका नाममा कुनै प्रतिफल नदिने विभिन्न तालिम, सचेतना कार्यक्रम, गोष्ठी, सेमिनार, प्रशिक्षण,कृषिका नाममा नक्कली किसानले लिने करोडौं अनुदान कटाएर मुख्यमन्त्री युवा उद्यमी प्रोत्साहन कार्यक्रम मार्फत ८८ वटा स्थानीय तहबाट एक वर्षमा PPP मोडेल मा ५०० देखि ८०० युवालाई उद्यममा जोड्न सक्ने योजनाको खाका सहित पेश गरिएको छ।

२. भौतिक पूर्वाधार र कृषि

वडा तहबाट बन्न सक्ने साना सडक, अनुत्पादक विभिन्न टोल टोलमा स-साना भवन संरचना बनाउन भएको खर्च कटाएर कृषि, उद्यम र पर्यटनका सम्भावना भएका क्षेत्र देखि बजारसम्म जोड्ने सडक सञ्जाल निर्माण र कृषि उत्पादन व्यवस्थापनका निम्ति पूर्वाधार, विभिन्न ठाउँमा कम्तीमा कृषि उत्पादन हुने जिल्लामा आवश्यकताका आधारमा कोल्डस्टोर, कृषि बजार निर्माण गर्न आवश्यक योजना र सुझाव पेश गरिएको छ ।

३. शिक्षाको क्षेत्रमा

विगतमा प्रदेश सरकारले शिक्षा क्षेत्रमा विद्यालयका भवन शौचालय निर्माण, रङ रोगन बाहेक केही गरेको देखिएन अब विद्यार्थीलाई प्राविधिक धारसँग जोड्न सकिने योजनाको खाका पेश गरेका छौ। अहिले सरकारले दिएका छोटो अवधिका सीपमूलक तालिम परिणाममुखी भएनन् त्यसलाई प्रभावकारी बनाउन सकिने योजनदिइएको छ ।

४. पर्यटनको क्षेत्रमा

विगतदेखि निरन्तर मन्दिर कुटी निर्माणका नाममा गर्दै आएको अनुत्पादक करोडौं खर्च बन्द गरेर प्रदेशका चार मुख्य क्षेत्र गोदावरी धाम, खप्तड, चुरेमा रहेको ऐतिहासिक गर्वा दरबारको पुनर्निमाण र ऐतिहासिकताको प्रचार जोशीपुरमा रहेको थारु समुदायको आस्थाको केन्द्र कुट्नी बुढिया धार्मिक क्षेत्रलाई राम्रो लगानी सहित पर्यटकीय तथा धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावनाको खाका सहित सुझाव पेश गरिएको छ।

५. स्व.विपिन जोशी स्मृति अनुसन्धान प्रतिष्ठान निर्माण गरी त्यस मार्फत मार्फत सुदूरपश्चिमका विभिन्न सम्भावनाका क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न विषय विज्ञको टिम तयार गर्दै काम गर्नेगरी बजेट विनियोजन गर्न सुझाव पेश गरिएको छ। उक्त कार्यक्रमको छुट्टै प्रपोजल समेत तयार रहेको जनाइएको छ।

६. कैलाली बहुमुखी क्याम्पसमा करिब ५ करोड लगानीमा एउटा सुविधा सम्पन्न प्राविधियुक्त खुला पुस्तकालय (Open E-Library) स्थापनाका लागि सुझाव दिइएको छ, जहाँ निश्चित र सहज मापदण्ड पुरागरी जो सुकै व्यक्तिले पनि बसेर अध्ययन गर्न सकिने व्यवस्था हुनेछ भनिएको छ।

प्रतिवेदनको सारमा

* एकदम आवश्यक बाहेक २५ लाख भन्दा कमका टुक्रे योजना र अनुत्पादक क्षेत्रका बजेट राख्दै न राख्ने ।

* माग भएका योजना लाई पहुँचका भन्दा प्राथमिकताका आधारमा शीर्षकमा राख्ने।

* बजेट कार्यान्वयनको समयमा कडाई गर्ने, सुशासनको सवालमा निर्मम हुने हाल भइरहेको बेथितिलाई कम्तीमा ५० प्रतिशत मात्र भएपनि रोक्नुपर्ने भनिएको छ ।

मुख्यगरी यत्ति काम गर्णनसकिए प्रदेशको विकासका लागि ठूलो योगदान हुनेछ भनिएको छ। मुख्यमन्त्री भट्टकै आग्रहमा पेश गरिएको उक्त प्रतिवेदन कार्यान्वयन हुने कुरामा पर्ख र हेर को अवस्थामा रहेको नीहरुको भनाइ रहेको छ।

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...

बाढीपीडितहरुसंग प्रधानमन्त्रीको प्रतिबद्धता : तपाईहरुलाई कहिल्यै अलपत्र छाड्दैनौं

प्रधानमन्त्री बालेन शाहले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई कहिल्यै अलपत्र नपार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार...