सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो लिइरहेका छन्। केहीदिन यता महामन्त्री जोशीले सेती प्रादेशिक अस्पताल धनगढी र शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्विद्यालयका पदाधिकारी हरुसंग गेटामा भेट्घाट गरेका छन्।

भेट्घाटमा पछिल्लो अस्पतालको अवस्थाको बारेमा जानकारी लिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशको स्वास्थ्य विभागका विशेषज्ञहरु सहित विश्वविद्यालयका उपकुलपति, रजिष्टार, र सेती अस्पतालका व्यवस्थापन समिति अध्यक्ष र मेसु लगाएतका जिम्मेवार व्यक्तिहरुसँग भेटघाट गर्दै गरेका छन्

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई व्यवस्थित र नागरिकलाई सहज हुनेगरी सेवा प्रदान गर्न आग्रह समेत गरेका छन्। संघीय सरकारको नेतृत्व गरिरहेको दलको महामन्त्रीको भएको कारण कुनै ठाउँमा सहजीकरण गर्नुपर्ने भए वा संघीय सरकार सङ्ग समन्वय गर्नुपर्ने भए आफू सहयोग गर्ने र पार्टीको स्वास्थ्य विभागका विषेशज्ञ हरुको टिमलाई समेत परिचालित गर्ने महामन्त्री जोशीले बताएका छन्। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्ववद्यालयमा यसैवर्ष बाट ३०० शैयाको अस्पताल सुरुगरी मेडिकल तर्फका सम्पूर्ण विषयहरु पढाइ सुरुगर्ने समेत आग्रह गरिएको उनले बताएका छन्।

राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त...

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...