राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त गरेकी थिइन्। तर, उनको यहीलवज अहिले उनको कमजोरी होइन, पहिचान बनेको छ। मातृभाषाको प्रभावसहित नेपाली बोल्दा उनको सम्बोधन झन् आत्मीय र प्रभावशाली सुनिन्छ।

चन्द नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की राष्ट्रिय सभा सदस्य हुन्। संसदमा उनको बोल्ने शैली अरूभन्दा फरक छ। उनी चर्को स्वरमा बोल्दिनन्। उत्तेजित हुँदिनन्। कसैलाई होच्याएर आफूलाई अब्बल देखाउने प्रयास पनि गर्दिनन्। तर, जब विषय उठाउँछिन्, तथ्य र तर्कसहित प्रस्तुत हुन्छिन्।संसदीय राजनीतिमा मर्यादित भाषा र प्रभावशाली अभिव्यक्तिको सन्तुलन निकै महत्वपूर्ण मानिन्छ। चन्दले यही सन्तुलन कायम गरेको देखिन्छ।

पछिल्लो समय कानुनमन्त्री सोविता गौतमको अभिव्यक्तिको प्रतिवाद गर्दा उनी चर्चामा छिन् । जेन-जी शहीद स्मृति दिवसका अवसरमा बुधबार मन्त्री गौतमले कानुन निर्माणमा राष्ट्रिय सभा बाधक बनेको आशय व्यक्त गरेकी थिइन्।

त्यसको भोलिपल्ट चन्दले राष्ट्रिय सभामै जवाफ दिइन्। सरकारको असक्षमता राष्ट्रिय सभालाई दोष दिएर ढाकछोप गर्न नहुने उनको तर्क थियो। भाषा संयमित थियो। तर, अभिव्यक्ति प्रभावशाली थियो ।

उनको प्रतिवादपछि मन्त्री गौतमले माफी मागिन्।

गत जेठमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले बजेट पढेर आउनुपर्ने भनेपछि चन्दले नम्र भाषामै प्रतिवाद गरिन्। सदनमा पेस भएको बजेट र अर्थ मन्त्रालयको वेबसाइटमा रहेको बजेटबीच देखिएको फरकबारे उनले स्पष्टीकरण मागिन्।

रास्वपाका सांसद राजीव खत्रीले ‘३५ वर्षमा के भयो?’ भन्ने प्रश्न गर्दा चन्दले दिएको जवाफ पनि धेरैको ध्यान खिच्यो। प्रश्न गर्ने अधिकारसमेत यही ३५ वर्षको संघर्ष र बलिदानबाट प्राप्त भएको उनको भनाइ थियो।

‘प्रश्न गर्दा टाउको गिँडिने गरेको अवस्था थियो। हामीले लडेर प्रश्न गर्ने अधिकार ल्याएका हौं,’ उनको भनाइ थियो।

चन्दको यही अभिव्यक्ति सामाजिक सञ्जालमा समेत प्रशंसित भइरहेको छ। उनका सम्बोधनका भिडियोमा धेरैले उनको भाषा, तर्क र प्रस्तुतिको प्रशंसा गरेका छन्।

संसदमा लोकप्रिय हुन चर्को बोल्नैपर्छ भन्ने छैन। भाइरल हुन मर्यादा नाघ्नैपर्छ भन्ने पनि छैन। रेणु चन्दले यसको उदाहरण प्रस्तुत गरिरहेकी छन्।

उनको सबैभन्दा ठूलो विशेषता यही हो—बोली नरम छ, तर विचार कमजोर छैन। भाषा शालीन छ, तर प्रश्न कडा छन्। प्रस्तुतिमा विनम्रता छ, तर तर्कमा दृढता छ।

यही कारण राष्ट्रिय सभामा रेणु चन्दको उपस्थिति र अभिव्यक्ति पछिल्लो समय छुट्टै चर्चाको विषय बनेको छ।

सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो...

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...