वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन भएको छ।

श्वासप्रश्वासमा समस्या भएपछि आज बिहान बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि पुर्‍याइएका ६६ वर्षका पत्रकार तथा लेखक युवराज गौतमलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। अस्पतालका चिकित्सक डा. दिवाकर सिंह थापाका अनुसार स्वास्थ्य परीक्षणका क्रममा उनको मुटुको चाल बन्द भइसकेको पाइएको थियो।

इलाममा सन् १९६० मा जन्मिएका गौतम पत्रकारितासँगै लेखन क्षेत्रमा पनि सक्रिय थिए। उनी गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादकसमेत हुन्।

गौतमको अन्त्येष्टि आइतबार गरिने जनाइएको छ।

राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त...

सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो...

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...