जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक करिब ५० हजार रुपैयाँ बराबरका पुस्तक सहयोग गरेको छ।विद्यालयका प्रशासनका अनुसार पूर्वविद्यार्थी, विद्यार्थी नेता तथा सामाजिक अभियन्ता लोकेश जोशीको विशेष पहलमा भारतीय दूतावासबाट उक्त पुस्तकहरू प्राप्त भएका हुन्।पुस्तक सहयोगले आर्थिक अभाव भएका, ग्रामीण क्षेत्रका विद्यार्थी तथा शिक्षकहरूको अध्ययन–अध्यापनमा थप टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक सुरेश थारुले बताउनुभयो। प्रधानाध्यापक थारुका अनुसार प्राप्त पुस्तकहरू विद्यालयको पुस्तकालयमा राखिनेछन् र विद्यार्थी, शिक्षक तथा सम्बन्धित पक्षले अध्ययनका लागि प्रयोग गर्न सक्नेछन्।
सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा छुट्टै इजलास
अब सहकारीसम्बन्धी मुद्दाहरूको सुनुवाइ अलग्गै इजलासबाट हुने भएको छ । सर्वोच्च अदालतले सहकारी कसुरसम्बन्धी मुद्दाको सुनुवाइ...
