धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग राहत संकलन गरेका छन्। वडा लगाएत विभिन्न क्षेत्रका व्यक्तिहरू जो बाढीपहिरो पीडितका निम्ति प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्न इच्छुक छन् तर मोबाइल बैंकिङ सुबिधा नभएका कारण योगदान गर्न नसकिरहेका व्यक्तिलाई लक्षित गरी नगद संकलन अभियान सञ्चालन गरिएको थियो। उक्त अभियान बाट कुल रु.१,०६,६५० संकलन गरिएको छन्। जसमा ६२९ व्यक्तिबाट १,००,४२०, न्यु कालिका आ.वि. धनगढी-१७ धुर्जन्नाका विद्यार्थीले आफ्नो खाजा कटाएर दिएको रु.५,२२५ र शिव ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड धनगढी-१७ पथरी बाट रु.१,००५)संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उक्त अभियानमा वडा नं १७ का युवा लोकराज जोशी लगाएतका युवाले गरेका थिए ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...