लोकसेवा आयोगको परिक्षा कसरी पास गर्ने ? शाखा अधिकृतको अनुभव।

लोकसेवा आयोगका परिक्षा कसरी पास गर्ने?

भनिन्छ नेपालका हरेक परिक्षा मध्य लोकसेवाको परिक्षा पास गर्नु सबैभन्दा कठिन हुन्छ। एस.एल.सी. परिक्षालाई फलामको गेट मान्ने हामीले लोकसेवाको परिक्षालाई त झन कति गार्हो मानौला? नेपाल मात्र होईन छिमेकी देश भारत लगायत विश्वका हरेक जसो देशमा सरकारी सेवाको लागि लिईने परिक्षालाई गाह्रो नै मान्ने गरिन्छ। आयोगको परिक्षा पास गर्नेहरुको अनुभवमा समेत विविधता पाईन्छ,कोही मेहनतले भन्छन भने कोही भाग्यले। आयोगको परिक्षा पास गरेका व्यक्तिका यस्ता मिश्रीत प्रतिक्रियाले झन यसलाई रहस्यमय बनाईदिएको छ। कोही कोही पास हुनु अघिसम्म लोकसेवा पास गर्नु फलामको चिउरा चपाउनु जस्तै हो, दिनमा १८/२० घण्टा नपढी पास भईदैन भन्ने अभिव्यक्ति दिन्छन भने पास भई सके पश्चात मैले त २/३ घण्टा मात्र पढेको ,यो त सजिलै पास गर्न सकिने रहेछ भन्ने खालका अभिव्यक्ति समेत दिने गरेको पाईन्छ।हुन पनि हो मान्छेले सफलता प्राप्त गरिसकेपछि आफुले गरेको दुख,मेहनतलाई सरलीकरण गरिदिन्छ। यसै सन्दर्भमा म समेत लोकसेवामा तिनपटक (खरिदार,नायब सुब्बा,शाखा अधिकृती परिक्षालाई जितेर सफलताको स्वाद चाखेको व्यक्तिको हैसियतले लोकसेवा आयोगका परिक्षा पास गर्दा भोगेका अनुभव शेयर गर्न चाहन्छु।
मैले माथि पनि उदृत गरि सकेको छु। लोकसेवा पास गर्नु सबैका आ-आफ्ना अनुभव रहन्छन। एउटा कथा छ नि,पाँच जना अन्धाहरुलाई एउटा हाती छुन लगाई त्यो चिज के हो? पहिचान गर्न लगाइयो। जसमा खुट्टा समाउनेले त्यसलाई खम्बा भन्यो,कान समाउनेले नाङ्लो भन्यो,पुच्छर समाउनेले बरियो भन्यो,शरीर समाउनेले भित्तो भन्यो,सुढ समाउनेले काठ भन्यो। ठ्याक्कै यसै प्रकार लोकसेवाको अनुभव समेत व्यक्तिपिच्छे फरक हुन्छन र हुनु पनि पर्दछ।कसैले यसलाई २/४ महिना पढेर पास गरे भन्छन्,कसैले सेलेवस राम्रोसंग नजानीकनै पास भइयो भन्छन्,कसैले ४्/५ वर्ष पढेपछि बल्ल निकालियो भन्छन्। उनिहरु कसैले गफ लाइका होइनन्,सबै आ-आफ्नो ठाउँमा सत्य छन्। यसरी फरक-फरक कुरा आउनुको रहस्य म तल चर्चा गर्नेनै छु,यहाँ निर मेरो अनुभव बाँड्न चाहान्छु।
मैले खरिदार,नायब सुब्बा र शाखा अधिकृत गरि तिन पटक लोकसेवाको परिक्षा पास गरे । यि तिनै परिक्षामा फरक- फरक रण नीति अपनायतापनि मेरो विचारमा लोकसेवा पास गर्न मुख्यत निम्न तिन पक्ष अति आवश्यक हुन्छन्।
पहिलो हो,ज्ञान। मतलब लोकसेवाको परिक्षा दिने परिक्षार्थिले आफुले परिक्षा दिने सेवा समूहको सेलेवस बमोजिमको ज्ञान भएकै हुनुपर्दछ। चाहे त्यो एकेडेमिक तहबाट प्राप्त गरेको होस,चाहे त्यो वर्तमानमा पाठ्यपुस्तक पढेर होस,या घोकेर होस या सुनेर होस विषयवस्तुको ज्ञान त चाहिन्छ , चाहिन्छ। यहाँनिर जसको लोकसेवाको सेलेवस संग मेल खाने पुर्व ज्ञान छ उसले थोरै समयमा धेरै विषयको ज्ञान संकलन गर्न सक्छ। जसको पुर्वज्ञान मेल खादैन उसले घुँडा धसेर,टुप्पी कसेर जिरो लेभलबाट अध्यन गर्नुपर्ने हुन्छ। यहि पुर्वज्ञानको धरातल फरक पर्नाले नै कसैले सजिलै पास गरे भन्छन भने कसैले लोकसेवा पास गर्नु दाँतबाट पसिना आउनु जस्तै हो भन्छन्। अतः परिक्षार्थीले आफ्नो पुर्वज्ञानका आधारमा रणनीति बनाउनुपर्ने हुन्छ।जस्तै जसलाई गणित विषयको पूर्वज्ञान छ उसले सजिलै वौद्दिक प्रश्नहरु मिलाउना सक्छ। सामाजिक समसामयिक विषयमा ज्ञान राख्ने,खेल,कला साहित्यमा रुचि राख्ने,पत्रपत्रिका पढ्ने व्यक्तिको सामान्यज्ञानको जानकारी बढि हुन सक्छ। त्यसैले आफु जुन विषयमा कमजोर हो सो विषयमा सुधार गर्नेगरी ज्ञानको तह बढाउने गरी रणनीति बनाउनु पर्दछ।

दोस्रो अति आवश्यक  पक्ष,तरिका/विधि हो। यहाँ विधि भन्नाले अध्यन विधि भन्न खोजिएको हो। परिक्षार्थिले आफ्नो आत्ममुल्याङ्कन गरेर कुन विधिबाट अध्यन गर्दा आफुले विषयवस्तु ज्ञान स्टोर गर्न सकिन्छ सोही विधिको छनौट गर्नु पर्दछ। यस्ता विधिहरुमा छलफल विधि,सुत्र विधि,सोझो अध्यन विधि,गित बनाउने विधि,मोबाइल रेकर्ड गरेर सुन्ने विधि आदि पर्दछन। मेरो विचारमा परिक्षार्थीले आवश्यकता बमोजिम सबै बिधिको प्रयोग गर्न जान्नु पर्दछ। विषय प्रकृति अनुसार विधि छनौट गर्नुपर्दछ।लोकेसेवामा समान्यतया विषयगत र वस्तुगत गरि २ किसिमका परिक्षा सञ्चालन हुने गर्दछन।  विषयवस्तुको प्रकृति बमोजिम आफ्नो  मेहनतको तरिका समेत फरक पार्नुपर्दछ। वस्तुगत परिक्षाका लागि सो सम्बन्धि विषयवस्तु धेरै व्यापक रुपमा अध्यन गर्नु पर्दछ। विषयवस्तु व्यापक रहने हुँदा  विर्सिने समस्या रहन्छ त्यसैले सुत्र बनाउने,गित  बनाउने,साथिभाई संग छलफल गर्ने,मोबाईलमा रेकर्ड गरेर सुन्ने,साना साना चिट बनाई खल्तिमा राखि राख्ने र कहिं यात्रा गर्दा त्यो चिटलाई अध्ययन गर्ने जस्ता कार्यमा आफ्नो मेहनत लगाउनुपर्दछ। त्यसै गरि साथी साथिले प्रश्नपत्र बनाई एक अर्कालाई समाधान गर्न दिनुपर्दछ र समाधान पश्चात एक अर्कालाई पृष्ठपोषण दिनुपर्दछ।यसले  तपाईलाई विषयवस्तु प्रति चाख पैदा गर्दछ र विषयवस्तु लामो समयसम्म सम्झने र अध्यन गर्ने ईच्छा जगाउँछ।जब विषयवस्तु प्रति चाख पैदा हुन्छ नी  तब तपाईको मस्तिष्कले उमंगको अनुभुति गर्दछ। जब तपाँईले व्ययवस्थित तवरले मेहनत गर्नु हुन्छ तव परिक्षाको समयमा समेत  खुरुखुरु आउँछ।

तेस्रो अति आवश्यक पक्ष हो, प्रस्तुतिकरण।तपाईलाई विषयवस्तुको अथाहा ज्ञान छ तर प्रश्नले मागेको र परिक्षकले खोजे बमोजिमको  प्रस्तुतिकरण हुन सकेन भने तपाई प्रतिस्पर्धामा आउन सकिदैन।जस्तै प्रथम पत्रमा(सामान्य ज्ञान/आइ.क्यु)  प्रश्नको उत्तर त थाहा भयो तर मापदण्ड बमोजिम गोलो लाउन सकियन भने त्यो प्रश्नको उत्तर अमान्य हुन्छ। त्यसैले प्रस्तुतिकरणको पक्षलाई समेत ध्यान  दिनुपर्दछ। यसका लागि नियमित  र योजनावद्द अभ्यासको विकल्प छैन।


यि वाहेक आत्मानुशासन, धैर्यता,नियमितता,प्रतिवद्दता ,सकारात्मक सोच राख्ने जस्ता कुरालाई समेत महत्वपुर्ण रुपमा पालना गर्नुपर्दछ।कुनै पनि परिक्षा पास गर्न सो सम्बन्धी विषयवस्तुको ज्ञान हुनु आवश्यक छ। यो विश्वव्यापी सत्य पनि हो। लोकसेवाको परिक्षाको विषयवस्तु आँफैमा भेग छ। यसले सामाजिक विज्ञानका धेरै क्षेत्र हरुलाई समावेश गरेको छ। यसले कानून,समाजशास्त्र,भुगोल ,इतिहास,भाषाशास्त्र,राजनीतिशास्त्र का साथसाथै गणित,अंग्रेजी,व्यवस्थापन क्षेत्र लगायतका विषयवस्तुलाई समेत जोडेको छ यस्ता विविध विषयको ज्ञान मस्तिस्कमा संकलन गरेर राख्न मेहनत विना काहाँ सम्बव हुन्छ होला र ? त्यसैगरि लोकसेवाको परिक्षामा  परिक्षार्थिको संज्ञानात्मक,बोधात्मक,प्रयोग सिप समेतको परिक्षण गर्ने हुँदा यस्ता सिपको विकासका लागि  मेहनत गर्नुको विकल्प छैन  ।।  

✍️✍️✍️धर्मराज खत्री शाखा अधिकृत नेपाल सरकार

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...