जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान सञ्चालन गर्ने उद्देश्यले पालिका खोप समन्वय समिति तथा सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा खोप अभियानको महत्व, लक्षित समूह, कार्यान्वयन प्रक्रिया तथा विद्यालय तहमा खोप सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, विद्यालय प्रशासन तथा अभिभावकहरूको भूमिकाबारे समेत छलफल गरिएको जनाइएको छ।

“माघ २७ गतेदेखि अभियान सञ्चालन हुने छ। यस अभियानअन्तर्गत स्वास्थ्य शाखाले १० देखि १४ वर्ष उमेर समूहका विद्यालय नजाने किशोरी तथा कक्षा ६ मा अध्ययनरत छात्राहरूलाई लक्षित गर्दै कुल ३४० जनालाई समेट्ने लक्ष्य राखेको स्वास्थ्य शाखा प्रमुख निर्प डगौराले जानकारी दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले एच.पि.भि. खोपले पाठेघरको क्यान्सरजस्ता गम्भीर रोगबाट बच्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...