संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ।

गाउँ कार्यपालिकाको मिति २०८२ मंसिर २७ गते बसेको बैठकको निर्णय नं. २ अनुसार पालिकाभित्रका संस्थागत विद्यालयहरूले आफ्ना पुराना विद्यार्थीहरूबाट भर्ना शुल्क लिन नपाइने स्पष्ट गरिएको छ। यदि अन्य विद्यालयबाट नयाँ विद्यार्थी भर्ना भएमा मात्र भर्ना शुल्क लिन पाइने जनाइएको छ।

पालिकाले जारी गरेको पत्रअनुसार विद्यालयहरूले पुराना विद्यार्थीबाट भर्ना शुल्कको नाममा रकम असुली नगर्न  निर्देशन दिएको छ। साथै, नियामक निकायबाट विशेष निर्देशन नभएसम्म कम्तीमा तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन नगर्न समेत आग्रह गरिएको छ।

विद्यालयहरूमा अनावश्यक आर्थिक भार कम गर्न तथा अभिभावकलाई राहत दिन यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

उक्त निर्देशन पालना गर्न सम्पूर्ण संस्थागत विद्यालयहरूलाई अनुरोध समेत गरिएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...