संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ।

गाउँ कार्यपालिकाको मिति २०८२ मंसिर २७ गते बसेको बैठकको निर्णय नं. २ अनुसार पालिकाभित्रका संस्थागत विद्यालयहरूले आफ्ना पुराना विद्यार्थीहरूबाट भर्ना शुल्क लिन नपाइने स्पष्ट गरिएको छ। यदि अन्य विद्यालयबाट नयाँ विद्यार्थी भर्ना भएमा मात्र भर्ना शुल्क लिन पाइने जनाइएको छ।

पालिकाले जारी गरेको पत्रअनुसार विद्यालयहरूले पुराना विद्यार्थीबाट भर्ना शुल्कको नाममा रकम असुली नगर्न  निर्देशन दिएको छ। साथै, नियामक निकायबाट विशेष निर्देशन नभएसम्म कम्तीमा तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन नगर्न समेत आग्रह गरिएको छ।

विद्यालयहरूमा अनावश्यक आर्थिक भार कम गर्न तथा अभिभावकलाई राहत दिन यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

उक्त निर्देशन पालना गर्न सम्पूर्ण संस्थागत विद्यालयहरूलाई अनुरोध समेत गरिएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...