भजनीमा मेयर कप नकआउट फुटबल प्रतियोगिता आयोजना हुँदै

कैलालीको भजनी नगरपालिकामा नगरस्तरीय “मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८२” आयोजना हुने भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा चैत २३ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जनाइएको छ।

प्रतियोगितामा बढीमा १८ वटा टिम सहभागी हुनेछन् भने खेल नकआउट प्रणालीमा सञ्चालन गरिनेछ। खेल तालिका चैत २२ गते दिउँसो २ बजे सार्वजनिक गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका लागि प्रत्येक टिमले चैत २१ गते साँझ ५ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ। सहभागिता शुल्क २,१०० रुपैयाँ तोकिएको छ। साथै, खेलाडीको नामावली र आवश्यक कागजात चैत २२ गते साँझ ५ बजेसम्म बुझाउनुपर्नेछ।

प्रतियोगितामा विजेताले नगद ६५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रत्येक खेलमा “म्यान अफ द म्याच” घोषित गरिनेछ भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।

खेल भजनी रंगशाला वडा नं. १ मा चैत २३ गते बिहान ११ बजेदेखि सुरु हुनेछ। प्रतियोगितामा सहभागी खेलाडीको बीमा अनिवार्य गरिएको छ भने फिफाको नियमअनुसार खेल सञ्चालन गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगितासम्बन्धी थप जानकारी सम्बन्धित वडा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। साथै, उत्कृष्ट खेलाडी छनोट गरी नगरको टिमसमेत गठन गरिने योजना रहेको नगर खेलकुद बिकाश तथा कल्व अध्यक्ष दिनेश के सि ले बताए ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...