भजनीमा मेयर कप नकआउट फुटबल प्रतियोगिता आयोजना हुँदै

कैलालीको भजनी नगरपालिकामा नगरस्तरीय “मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८२” आयोजना हुने भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा चैत २३ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जनाइएको छ।

प्रतियोगितामा बढीमा १८ वटा टिम सहभागी हुनेछन् भने खेल नकआउट प्रणालीमा सञ्चालन गरिनेछ। खेल तालिका चैत २२ गते दिउँसो २ बजे सार्वजनिक गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका लागि प्रत्येक टिमले चैत २१ गते साँझ ५ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ। सहभागिता शुल्क २,१०० रुपैयाँ तोकिएको छ। साथै, खेलाडीको नामावली र आवश्यक कागजात चैत २२ गते साँझ ५ बजेसम्म बुझाउनुपर्नेछ।

प्रतियोगितामा विजेताले नगद ६५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रत्येक खेलमा “म्यान अफ द म्याच” घोषित गरिनेछ भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।

खेल भजनी रंगशाला वडा नं. १ मा चैत २३ गते बिहान ११ बजेदेखि सुरु हुनेछ। प्रतियोगितामा सहभागी खेलाडीको बीमा अनिवार्य गरिएको छ भने फिफाको नियमअनुसार खेल सञ्चालन गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगितासम्बन्धी थप जानकारी सम्बन्धित वडा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। साथै, उत्कृष्ट खेलाडी छनोट गरी नगरको टिमसमेत गठन गरिने योजना रहेको नगर खेलकुद बिकाश तथा कल्व अध्यक्ष दिनेश के सि ले बताए ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...