झुटा आरोप प्रमाणित नगरे कानुनी कारबाही गर्छु” – आले

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का नेकपा उम्मेदवार प्रेमबहादुर आले ले आफूविरुद्ध फैलाइएको दुष्प्रचारप्रति आपत्ति जनाउँदै प्रमाण नदेखाइए कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।

आलेले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकार गर्दै मतदातालाई धन्यवाद र निर्वाचित उम्मेदवारलाई बधाई दिइसकेको स्मरण गराएका छन्।

तर पछिल्लो समय सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह ‘मनु’ले ५७ जना कांग्रेसी कार्यकर्ताले पैसा खाएको भन्दै आफूले नामावली उपलब्ध गराएको आरोप लगाएकोप्रति उनले गम्भीर आपत्ति जनाएका छन्। उक्त आरोप पूर्ण रूपमा भ्रामक, कपोकल्पित र आधारहीन रहेको उनको दाबी छ।

विज्ञप्तिमा आलेले डोटी जिल्लाबाट २०६४, ०७०, ०७४ र ०७९ का संसदीय निर्वाचन लड्दै आएको उल्लेख गर्दै कैलाली–५ मा कांग्रेसी स्थानीय नेतासँग आफ्नो सामान्य चिनजान समेत न्यून रहेको बताएका छन्। यस्तो अवस्थामा ५७ जनाको नामावली उपलब्ध गराएको भन्ने कुरा “शतप्रतिशत झुटो” भएको उनले स्पष्ट पारेका छन्।

आलेले यस्ता आरोपमार्फत आफ्नो राजनीतिक छवि धुमिल पार्ने प्रयास भएको भन्दै कडा शब्दमा भर्त्सना गरेका छन्। साथै उनले कांग्रेस उम्मेदवार शाहलाई खुला चुनौती दिँदै यदि आरोप प्रमाणित गर्न सकिने आधार भए तत्काल सार्वजनिक गर्न आग्रह गरेका छन्।

अन्यथा, झुटा आरोप फैलाउनेहरूमाथि कानुनी कारबाहीको बाटो अपनाउने चेतावनी दिँदै उनले सत्यतथ्य बाहिर ल्याउन र जनतामा भ्रम नफैलाउन सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...