जोशीपुरमा रहेका महुन्याल मावि र नवदुर्गा आधारभूतमा शिक्षक सरुवा मिलोमतोको आरोप”

कैलालीको जोशीपुर गाउँपालिका अन्तर्गत रहेका महुन्याल माध्यमिक विद्यालय, जोशीपुर तथा नवदुर्गा आधारभूत विद्यालय, गडिले बिना सूचना रिक्त दरबन्दी कोटामा आफ्ना मान्छेलाई सरुवा गराउन मिलोमतो गरेको आरोप लागेको छ।

महुन्याल माध्यमिक विद्यालयले प्रा वि तह तथा नवदुर्गा आधारभूत विद्यालयले आधारभूत तहमा दरबन्दी रिक्त रहेको विषयमा कुनै सार्वजनिक सूचना ननिकाली सुटुक्क आफ्ना नजिकका व्यक्तिलाई सरुवाको सहमति दिएको पाइएको छ।

यस विषयमा गाउँपालिका अध्यक्ष तथा शिक्षा शाखासँग बुझ्दा केही सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू स्वयं गाउँपालिका अध्यक्षको क्याबिनमा पुगेर उक्त सरुवा प्रक्रिया अघि बढाउन दबाब सिर्जना गरेको बताएका छन्। ती प्रधानाध्यापकहरूले बाहिरबाट फाइल बोकेर ल्याई, आफैंले बैठकको माइन्ट (कार्यवृत्त) तयार गरी हस्ताक्षर गराउन कार्यपालिकामा टास्न एकहोरो दबाब दिएको उनीहरूको भनाइ छ।

गाउँपालिकाका अध्यक्षका अनुसार अत्यधिक दबाब थेग्न नसकेपछि उनीहरूले उक्त विषय सम्बन्धित निकायमा सिफारिस गर्न बाध्य भएको बताएका छन्।

युवाहरूको भनाइअनुसार यस प्रकरणमा स्थानीय सरकारका केही पदाधिकारी र केही विद्यालयका प्रधानाध्यापकहरूको समेत मिलोमतो रहेको आशंका गरिएको छ। पारदर्शिता र कानुनी प्रक्रिया विपरीत गरिएको यस्तो गतिविधिले शिक्षा क्षेत्रमा गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...