जोशीपुरमा रहेका महुन्याल मावि र नवदुर्गा आधारभूतमा शिक्षक सरुवा मिलोमतोको आरोप”

कैलालीको जोशीपुर गाउँपालिका अन्तर्गत रहेका महुन्याल माध्यमिक विद्यालय, जोशीपुर तथा नवदुर्गा आधारभूत विद्यालय, गडिले बिना सूचना रिक्त दरबन्दी कोटामा आफ्ना मान्छेलाई सरुवा गराउन मिलोमतो गरेको आरोप लागेको छ।

महुन्याल माध्यमिक विद्यालयले प्रा वि तह तथा नवदुर्गा आधारभूत विद्यालयले आधारभूत तहमा दरबन्दी रिक्त रहेको विषयमा कुनै सार्वजनिक सूचना ननिकाली सुटुक्क आफ्ना नजिकका व्यक्तिलाई सरुवाको सहमति दिएको पाइएको छ।

यस विषयमा गाउँपालिका अध्यक्ष तथा शिक्षा शाखासँग बुझ्दा केही सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू स्वयं गाउँपालिका अध्यक्षको क्याबिनमा पुगेर उक्त सरुवा प्रक्रिया अघि बढाउन दबाब सिर्जना गरेको बताएका छन्। ती प्रधानाध्यापकहरूले बाहिरबाट फाइल बोकेर ल्याई, आफैंले बैठकको माइन्ट (कार्यवृत्त) तयार गरी हस्ताक्षर गराउन कार्यपालिकामा टास्न एकहोरो दबाब दिएको उनीहरूको भनाइ छ।

गाउँपालिकाका अध्यक्षका अनुसार अत्यधिक दबाब थेग्न नसकेपछि उनीहरूले उक्त विषय सम्बन्धित निकायमा सिफारिस गर्न बाध्य भएको बताएका छन्।

युवाहरूको भनाइअनुसार यस प्रकरणमा स्थानीय सरकारका केही पदाधिकारी र केही विद्यालयका प्रधानाध्यापकहरूको समेत मिलोमतो रहेको आशंका गरिएको छ। पारदर्शिता र कानुनी प्रक्रिया विपरीत गरिएको यस्तो गतिविधिले शिक्षा क्षेत्रमा गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...