डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रमका अवसरमा सेती प्रादेशिक अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा. प्रदिप मिश्र लाई सम्मान गरिएको छ।

लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै विशेषगरी बाल स्वास्थ्य सेवामा योगदान पुर्‍याउँदै आएका मिश्रलाई विद्यालयले कदरस्वरूप सम्मानपत्र प्रदान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका की उप–प्रमुख कन्दकला कुमारी राना ले सम्मानपत्रसहित दोसल्ला ओढाएर उनलाई सम्मान गरिन्।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...