भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा कामकाज प्रक्रिया अघि बढाएको छ।
नगर कार्यपालिकाको निर्णयअनुसार एकै विद्यालयमा ३ वर्ष वा सोभन्दा बढी समयदेखि कार्यरत रहेका स्थायी, अस्थायी, राहत, संघीय तथा नगर अनुदानका शिक्षक र बाल विकास सहजकर्तालाई लक्षित गर्दै आवेदन आह्वान गरिएको हो।
नगरपालिकाले इच्छुक शिक्षकलाई प्राथमिकताका आधारमा विद्यालय छनोट गरी तोकिएको फाराममार्फत निवेदन पेश गर्न आग्रह गरेको छ। आवेदन दिने अन्तिम मिति २०८२ फागुन १६ गते तोकिएको छ।
तोकिएको समयसीमा भित्र निवेदन नदिने शिक्षकको हकमा भने शिक्षा समितिको सिफारिसमा नगर कार्यपालिकाले सरुवा तथा कामकाजमा खटाउने निर्णय गर्न सक्ने चेतावनी पनि दिइएको छ।
यस कदमलाई नगरपालिकाले शैक्षिक गुणस्तर सुधार र जनशक्ति सन्तुलन कायम गर्ने उद्देश्यका साथ अघि बढाएको जनाएको छ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...