दोषीलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकहरुले शुक्रवार काठमाडौँको तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड, आगजनी र लुटपाट गरेका क्षेत्रको निरीक्षण गरेका छन्।

गृहमन्त्री लेखकसहित गृहसचिव गोकर्णमणि दुवाडी र गृहमन्त्रालयका उच्चपदस्थ अधिकारी र प्रहरी अधिकृतहरुले आगजनी भएको तीनकुनेस्थित निजी घर, कान्तिपुर टेलिभिजनको कार्यालय, अन्नपूर्ण पोष्ट दैनिक, जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय र कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा गृहमन्त्री लेखकले सञ्चारगृहमाथिको आक्रमण निन्दनीय भएको र घटनामा संलग्न जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउने बताए। उनले लोकतन्त्रको महत्वपूर्ण अङ्ग सञ्चारमाध्यमलाई ध्वस्त पार्ने कोसिस गरेकामा त्यसको निन्दा गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “लोकतान्त्रिक गणतन्त्रमा आपसी प्रतिस्पर्धा हुन्छन्। जनताको अभिमतअनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ। तर जब व्यवस्थाविरुद्ध कसैले उद्दण्डता प्रदर्शन गर्छ भने त्यसको एकाकार भई प्रतिवाद गर्नुपर्छ।”

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...