निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय भएकाले प्रदेश सरकारले यसलाई गम्भीरताका साथ लिएर आवश्यक सहयोग गर्ने बताउनुभएको छ।
होटल संघ नेपाल (हान) को पहिलो प्रदेश साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले होटल व्यवसायले पर्यटन प्रवर्द्धन, अर्थतन्त्र सुदृढीकरण तथा रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। होटल तथा पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्दै प्रदेश सरकारले आवश्यक सहजीकरण र सहयोग गर्ने उहाँको भनाइ थियो।
निजी क्षेत्रको लगानीको सुरक्षा, व्यवसाय सञ्चालनमा आवश्यक सहजीकरणलगायतका विषयमा प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध माछा र पानीको जस्तै हुनुपर्ने बताउनुभयो। सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले सहकार्य र साझेदारीबाट मात्रै प्रदेशको आर्थिक विकासलाई गति दिन सकिने उहाँले स्पष्ट पार्नुभयो।
सुदूरपश्चिम प्रदेशमा पर्यटन, कृषि, जलस्रोत, उद्योग तथा अन्य क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले ती सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभयो।
निजी क्षेत्रको लगानीलाई आकर्षित गर्दै रोजगारी र उत्पादन बढाउने तथा प्रदेशको आर्थिक समृद्धिको अभियानलाई थप प्रभावकारी बनाउने दिशामा प्रदेश सरकार अघि बढ्ने प्रतिबद्धता समेत मुख्यमन्त्री भट्टले व्यक्त गर्नुभयो।

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

बाढीपीडितहरुसंग प्रधानमन्त्रीको प्रतिबद्धता : तपाईहरुलाई कहिल्यै अलपत्र छाड्दैनौं

प्रधानमन्त्री बालेन शाहले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई कहिल्यै अलपत्र नपार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार...