शिक्षक हुँदै विद्युत प्राधिकरणसम्मकाे यात्रा

लोकसेवा आयोगकाे तयारी भनेको धैर्यता, निरन्तरता, मेहनत र आत्मविश्वासको यात्रा हो । यो बाटो लामो लाग्छ र कहिलेकाहीँ असफलताले मन दुखाउँछ, तर जसले हार मान्दैन, अन्ततः सफलता उसैको हातमा आउँछ ।

छबिसपाथिभेरा गाउँपलिका -१ बझाङकाे विकट गाउँमा जन्मिएका बिरेन्द्र प्रसाद जोशीले आफ्नो औपचारिक शिक्षा गाउँमै पुरा गर्नुभयो । पहाडको त्यो विकट गाउँमा जिविका चलाउन सार्है असहज हुन्छ । आमा बुबाले खेति किसानी गरेर, दुःख गरेर कमाएको पैसाले SEE पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि धनगढी जनुभयो । उहाँले धनगढीमा बसेर diploma in electrical engineering विषयमा अध्ययन पूरा गर्नुभयो । सँगसँगै उहाँले शिक्षाशास्त्रबाट पनि प्रविणता प्रमाणपत्र तह ( १०+२ )काे अध्ययन पुरा गर्नुभयो । त्यसपछि लोकसेवा तयारी गर्न भनेर काठमाडौँ जानुभयो ।

दिनहुँ TU को लाइब्रेरीमा गएर घण्टौँ पढ्ने बानी बसाल्नुभयाे । त्यो निरन्तरता, कसैले नदेखेको संघर्ष, थाकेर पनि नथाके जस्तो शरिर र अगाडि बढ्ने जिद्दीले गर्दा लोकसेवा आयोगले लिएको शिक्षक सेवा आयोग तर्फको प्राथमिक तहको परिक्षाका सम्पूर्ण चरण पूरा गर्दै वि.स. २०८१ चैत्र १२ गते प्राथमिक तह शिक्षकमा नियुक्ति हुनुभयो र नुवाकोटको ककनी गाउँपालिकामा सिफारिस हुनुभयो ।

त्यसपछि पनि उहाँ आफूले देखेको सपनाबाट पछि हट्नुभएन । लोकसेवा आयोगबाट लिइने नेपाल विद्युत प्राधिकरणले लिएका विभिन्न परीक्षाहरूमा सहभागी हुनुभयो । वि.स. २०८२ भदौमा नेपाल विद्युत प्राधिकरणले लिएको Electrical formen पदमा वैकल्पिक, वि.स. २०८२ मंसिरमा नेपाल विद्युत प्राधिकरणले लिएको Electrician पदमा वैकल्पिकमा पर्नुभयो र अन्ततः

वि.स. २०८३ जेठमा नेपाल विद्युत प्राधिकरण (NEA) ले लिएको परिक्षाका सम्पूर्ण चरणहरू पार गर्दै Electrical supervisor पदमा सिफारिस हुनुभयो र उहाँ हाल विद्युत प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्रमा कार्यरत हुनुहुन्छ ।

लगातार दुई चोटि वैकल्पिकमा परेर पनि आफ्नो सपनालाई पन्छाउन छोड्नु भएन । यो सफलता एकै दिनमा आएको होइन, कयौँ रातको अनिँदो, कयौँ दिनकाे भोक, प्यास, मेहनत, त्याग र अनुशासनको परिणाम हो ।

लोकसेवा पढ्ने धेरै साथीहरूलाई बीच बाटोमा लाग्छ — “अब सक्दिन, यो मेरो बसको कुरा होइन । तर बिरेन्द्र प्रसाद जोशीकाे यो यात्राले देखाउँछ कि सफलता एकै पटक नआए पनि निरन्तर प्रयास गर्नेहरूले एक दिन अवश्य हाँसिल गर्छन् । कहिलेकाहीँ परिणाम ढिला आउँछ, तर मेहनत कहिल्यै व्यर्थ जाँदैन । आजको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, हजारौँ लोकसेवा तयारी गर्ने युवाहरूका लागि ठूलो प्रेरणा हो ।

उहाँ भन्नुहुन्छ: लोकसेवा तयारी गर्नेहरू थाक्नुहुन्छ, निराश हुनुहुन्छ, तर हार नमान्नुहोस् । आज पढेको एउटा पाना, आज गरेकाे एउटा प्रयास — भोलिको सफलताको आधार बन्न सक्छ । संघर्षको बाटो लामो भए पनि अन्त्यमा आउने सफलता साँच्चिकै मिठो हुन्छ । मेहनत गरिरहनुहोस्, तपाईंको पालो पनि अवश्य आउनेछ ।

हाम्राे तर्फबाट हार्दिक बधाई र आगामी यात्राको लागि धेरै धेरै शुभकामना

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...

बाढीपीडितहरुसंग प्रधानमन्त्रीको प्रतिबद्धता : तपाईहरुलाई कहिल्यै अलपत्र छाड्दैनौं

प्रधानमन्त्री बालेन शाहले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई कहिल्यै अलपत्र नपार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार...