एसिया कप क्रिकेट स्थगित, अब २०२३ मा हुने

१० जेठ, काठमाडौं । आगामी जुनमा श्रीलंकामा हुने तय भएको एसिया कप क्रिकेट स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आइतबार विज्ञप्ती जारी गर्दै २०२१ को संस्करण स्थगित गरेको जानकारी दिएको छ ।

यसअघि नै आयोजक देश श्रीलंकाले एसिया कप यस वर्ष हुन सक्ने सम्भावना नरहेको जनाएको थियो ।  त्यसको केही दिनपछि नै एसीसीले स्थगितको निर्णय गरेको हो । यसअघि २०२० मै हुनुपर्ने एसिया कप कोभिड१९ का कारण एक वर्ष पछि सरेको थियो । तर कोभिडकै कारण यस पटक पनि नहुने भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर व्यस्त रहेकोले २०२१ को संस्करण २०२३ मा मात्र गर्न सकिने एसीसीले जनाएको छ । २०२२ मा एसिया कप हुने निर्णय भइसकेकोले २०२३ को लागि सारिएको हो । एसिया कपको मिति भने पछि तय गरिने एसीसीले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त...

सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो...