कालिञ्चोकमा पर्यटकको सुविधाका लागि फलामे बेञ्च (फोटो फिचरसहित)

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा अब पर्यटकहरूका लागि विश्राम लिन सहज भएको छ । ठाडो उकालो बाटो चढेर मन्दिर पुग्न उसै पनि कठिन छ, त्यसमाथि केही बेर थकाइ मार्न बस्ने ठाउँ समेत नभएको ठाउँमा समाजसेवी सारादा उप्रेती घिमिरेले सहज बनाइ दिनु भयो । उप्रेतीले कालिञ्चोक मन्दिर पुग्न भक्तजनहरूलाई लक्षित गरि विभिन्न ठाउँमा फलामे बेञ्च राखिदिनु भएको छ ।

स्थानीय मन्दिर व्यवस्थापन समिति मार्फत मन्दिर र बाटोमा बेञ्च राखेपछि दैनिक सयौँ यात्रु लाभान्वित भएका छन् । ३० थान फलामे बेञ्च कालिञ्चोकसम्म ढुवानी गरेपछि स्थानीयले व्यवस्थापन गरेका हुन् । बेञ्च लिएर बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेती, व्यवसायी राजेश उप्रेती सहित सारादा उप्रेती आफैं कालिञ्चाेक पुग्नु भएको हो । आफ्ना बुबा काशीनाथ उप्रेतीको सम्झनामा यसअघि पनि बैतेश्वर गाउँपालिकाका सार्वजनिक स्थान, जिरी उद्योग वाणिज्य संघ मार्फत जिरी बजारमा र विभिन्न मन्दिर तथा सार्वजनिक स्थानमा यस्ता बेञ्च राख्नु भएको छ ।

(फोटो फिचर)

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...