कृषकका लागि हाते ट्याक्टर मर्मत तालिम सम्पन्न

डम्बर चौलागाई
जागरण टाईम्स
दोलखा , २ फागुन । बेरोजगारी समस्याले दैनिक हजाराँै युवा कामको खोजीमा विदेसिन बाध्य भइरहेको बेला दोलखाको भीमेश्वर नगरपालिका वडा नं.४, जिलुमा भने गाउँका युवा कृषकहरुले हाते ट्याक्टर मर्मतको तालिम लिएका छन् । वडाको वार्षिक कार्यक्रम अनुसार विनियोजित बजेट तथा जिलु साना किसान कृषि सहकारी संस्थाको साझेदारीमा माघ २२ गते देखि फागुन २ गतेसम्म १० दिन सम्म हाते ट्याक्टर (मिनिटिलर) मर्मत तालिम सम्पन्न भएकाे हो ।
तालिम समापन कार्यक्रममा बोल्दै भीमेश्वर नगरपालिका वडा ४ का वडाअध्यक्ष तारानाथ चौलागाईँले अब टोल टोलमा हाते ट्याक्टर मर्मत शिविर राखिने र मर्मत केन्द्रसमेत सञ्चालन गरिने बताउनुभयो । उहाले ‘उपकरणको आवश्यकता अनुरुप मर्मतसम्भार गर्न नजान्दा यस्ता सामाग्री कम टिकाउ हुनुका साथै मर्मत गर्नुपर्दा बढी खर्चिलो हुन्छ, ‘सबैले यस्ता घरायशी उपयोगका सामाग्री मर्मत गर्न सके अरुलाई गुहार्नुपर्देन ।’ गाउँ गाउँमा पुर्याइएको हाते ट्याक्टर गाँउमा नै मर्मत गर्न सक्षम बनाउने उद्देश्यले तालिम गरिएको वडाअध्यक्ष चौलागाइँको भनाई छ
पछिल्लो समयमा अधिकासं किसानहरुले हाते ट्याक्टरको प्रयोग गरिरहेको र विग्रे पछि
मर्मत गर्न नसकेको गुनासो गरेपछि किसानहरुलाई हाते ट्याक्टर मर्मतको तालिम दिइएको तालिममा सहभागीहरुले बताएका छन् । तालिममा सहभागी किसानले तालिम पश्चात वडामा अन्य किसानहरुका हाते ट्याक्टर विग्रिएमा घरघरमासमेत गएर मर्मत गर्ने सहभागीले बताएका छन् । तालिममा १४ जना युवा कृषकको सहभागिता रहेको थियो ।

गोरु पाल्न छाडेसंगै आजकल प्रत्येकका घर–घरमा स–सानादेखि ठूला पावरका हाते ट्क्याक्टरको प्रयोग बढेको छ । अन्नबालीदेखि तरकारी र फलफूल खेतीसम्मका लागि हाते ट्याक्टरकै प्रयोग बढी हुने गरेको छ । पछिल्लो समय हाते ट्क्याटरमा किसानहरुको आर्कषण बढ्दै गएको छ ।

फोटोफिचर

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...