बढ्यो सुन चाँदीको भाउ

२८ जेठ,काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारका लागि ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ तोकिएको छ ।

बिहीबार तेजावी सुन तोलमा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी वयवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँका कारोबार भएको चाँदीको आजको मूल्य एक हजार तीन सय ७० रुपैयाँ तोकिएको छ ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...