डिका कार्कीको नेतृत्वमा जनसम्पर्क समिति जापानको नयाँ कार्य समिति गठन

नेपाली जनसम्पर्क समिती जापानका निर्वाचित पदाधिकारी
तथा सदस्यहरु

जापान – धेरै समयको रस्साकस्सी पछि नेपाली जनसम्पर्क समिती जापानले नयाँ नेतृत्व पाएको छ । जापानको फुकुओकाको क्युशुमा सम्पन्न नेपाली जनसम्पर्क समिति जापानको ऐतिहासिक बृहत क्रियाशिल राष्ट्रिय कार्यकर्ता भेलाले डिका कार्कीको नेतृत्वमा ३१ सदस्यिय नयाँ कार्यसमिती निर्विरोध निर्वाचित गरेको हो ।

स्मरण रहोस् सन् २०१६ मा भएको छैठौँ अधिवेसनमा दुई पक्षबिच विवाद बढेपछि एक एक बर्षको कार्यकाल बाँडफाड गरि पहिलो एक बर्षे कार्यकालका लागि डन्डापानी कडेल (डिपी) को नेतृत्वमा १० जना उपसभापति सहित ७० जनाको समिती र दोश्रो एक बर्षे कार्यकालका लागि लालबहादुर के सी (राेशन) को नेतृत्वमा उनै १० जना उपसभापति सहित ७० जनाको केन्द्रिय समिती बनेको थियो । बिधानअनुसार सन् २०१८ मा नै सातौँ अधिवेशन गरि नयाँ समिती निर्वाचन गर्नुपर्ने भएपनि बिभिन्न विवादहरुकै कारण अधिवेशन हुन सकेको थिएन ।

रोशन केसी नेतृत्वको समितीलाई बारम्बार अधिवेशन गर्न जापान बासी नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुले माग गर्दा पनि जिम्मेवारी हस्तान्तरण पनि नगर्ने,अधिवेशन गर्न कुनै ताकेता पनि नगरिहेको परिस्थीतिमा गत शनिवार जापानको फुकोओका शहरमा बसेको एतिहासिक बृहत कृयाशिल राष्ट्रिय कार्यकर्ता भेलाले डिका कार्कीको सभापतित्वमा नयाँ अन्तरिम कार्यसमिती चयन गरेको हो ।

निर्विरोध निर्वाचित नयाँ कार्यसमितका सदस्यहरुको नामावली तल उल्लेख गरिएको छ । 

साभार : ईन्द्रेणी टाईम्स डट कम

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...