महामुनिश्वोर आचार्यको सम्पादनमा ऐतिहासिक सामग्री समेटिएको पुस्तक बजारमा

काठमाडौं।

जब नेपालमा क्रान्ति हुने गर्छ, तब नेपाली कांग्रेसको भूमिका अग्रणी स्थानमा रहन्छ। राणाशासनदेखि राजतन्त्र अन्त्यसम्मको नेतृत्व गरेको नेपाली कांग्रेस नेपालको राजनीतिक र सामाजिक परिवर्तनको संवाहक बन्दै आएको छ। ७० वर्ष लामो संघर्षको इतिहास बोकेको कांग्रेसलाई अलग राख्ने हो भने नेपालको राजनीतिक र सामाजिक परिवर्तनको अध्ययन र बुझाइ अपुरों नै होला।

यस क्रममा नेपाली काङ्ग्रेसका नेताहरू वीपी कोइराला, सुवर्ण शम्सेर , गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायको अत्यन्तै ठूलो भूमिका रहेको छ। तीमध्ये कांग्रेसको इतिहाँस बोकेका एक नेता हुन् सूर्यप्रसाद उपाध्याय। काँग्रेस र उपाध्यायको सम्पूर्ण कुराहरु समेटेर नेपाल मानव अधिकार संगठनका अध्यक्ष महामुनीश्वर आचार्यले  पुस्तक प्रकाशन गरेका छन्– नेपाली कांग्रेस ऎतिहासिक सामाग्रीहरु। आचार्यले पुस्तकको शीर्षक नै ‘नेपाली काङ्ग्रेसका ऐतिहासिक सामग्रीहरू’ राखेका छन् र उपशीर्षकमा ‘सूर्यप्रसाद उपाध्याय’ भनिएको छ ।

जसमा उनका लेख रचना, अन्तर्वाता , वक्तव्य र सन्दर्भ समाचारहरू भनिएको छ। नेपाली कांग्रेसका संस्थापकहरु मध्ये सूर्यबाबु विचार, विमर्श, मत, मतान्तरर बहसमा विश्वास गर्नु हुन्थ्यो। प्रजातन्त्रको प्राप्ति एवम संस्थागत गर्ने चिन्तनमा उनको बाँकी नेताहरुसंग मन भिन्नता आजीवन रहयो। मुलुकभित्रै बाट राष्ट्रिय शक्तिको जगेर्ना सहित लोकतन्त्र स्थापित र परिपक्व हुन्छ भन्ने उनको मान्यता रह्यो। मुलुकको प्रजान्त्रिकरणमा विदेशी भूमी र शक्तिको प्रयोग किमार्थ स्वीकार्य हुन् भन्ने मतले उनलाई आजीवन विवादमा राख्यो। तथापी उनले सुरु गरेका मेलमिलाप नीति सुवर्ण समशेर र वीपी कोइरालाले मानुपर्ने स्थिति बन्यो। यो पुस्तकमा उनि स्वयमले लेखेका र बोलेका विषय समावेश छन्। यसका अलावा नेपाली कांग्रेसका सभापति एवम कृष्ण प्रसाद भट्टराई, नेता प्रदिप गिरी, र केही वरिष्ठ पत्रकारहरुका सम्पादकिय पनि समावेश छन। आचार्यले नै सम्पादन गरेको “प्रजातान्त्रिक आन्दोलनका  बहुआयामिक व्यक्तित्व सूर्यप्रसाद उपाध्याय” नामक पुस्तकको सयौं पृष्ठमा  समीक्षाको  समावेश छ। आचार्यले सूर्यबाबुबारे थप अध्ययन गर्न चाहनेको लागि पुस्तक सहयोगी हुने अपेक्षा राखेका छन। समस्या र असहयोग बीच यो पुस्तक प्रकाशित छ। आचार्यले प्रकाशन गरेको यस पुस्तकमा नेपाली  राजनीतिक क्रान्तिको ऎतिहाँसिक घटनाक्रम र सूर्य प्रसाद उपाध्यायको बारेमा पढ्न पाइन्छ। वि स १९७० मा जन्मिएका उपाध्याय नेपालका बरिष्ठ राजनीतिज्ञ थिए। उनी नेपाली कांग्रेस पार्टीका एक प्रमुख नेता थिए।

२००८ देखि ३६ सम्मको अवधिमा नेपाली कांग्रेसका प्रमुख चार व्यक्तिहरूमा वीपी, सुवर्ण शम्सेर र गणेशमान सिंह सँगै उपाध्याय पनि थिए। सूर्यप्रसादले दरबार हाइस्कुलबाट मेटि्रक र पटनाबाट एम.ए . (इतिहास), बी.एल. तथा बी.टी. गरेका थिए। अत्यन्तै अध्ययनशील रहने यिनलाई देशभरका घटना परिघटनाको अध्यावधिक जानकारी रहन्थ्यो। सूर्यप्रसादले २००६ चैत २७ मा नेपाली राष्ट्रिय कांग्रेससँग एकीकरण गरी नेपाली कांग्रेस स्थापना गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए। २००७ सालको जनक्रान्तिमा ‘जनकमान्डर’ भई काम गरेका उनलाई राजा-कांग्रेस संयुक्त मन्त्रीमण्डलमा २००८ जेठ १७ मा मन्त्री बनाइएको थियो। २००८ मंसिर १ मा गठित नेपाली कांग्रेसको मन्त्रीमण्डलमा प्रधानमन्त्री पछि दोस्रो स्थानमा मन्त्री बनाइएका उनले २०१४ सालमा पार्टी महामन्त्री भएपछि २०१५ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नं. ५ र १४ नं. रामेछापबाट चुनाव लडे तर पराजित भए। यद्यपि उनलाई बीपी कोइरालाको सरकारमा गृह, कानुन तथा संसदीय व्यवस्था मन्त्री बनाइएको थियो। यो पुस्तक सूर्यप्रसाद उपाध्यायायको जीवनी मात्र होइन । उहाँका माध्यमबाट नेपाली काङ्ग्रेस, राष्ट्रिय काङ्ग्रेस लगायतको इतिहासको जानकारी दिने दस्तावेज हो । इतिहासका विद्यार्थी तथा अध्येताहरूका लागि यो पुस्तक सहयोगी सिद्ध हुनसक्छ । त्यसैले यो सङ्ग्रहणीय तथा पठनीय बन्न सकेको छ । २०१७ पुस १ मा महेन्द्रले आफ्नो हातमा शासन लिएपछि जेल परेका उनी २०१८ साउन ३२ मा जेलमुक्त भएका थिए। जेलमुक्त भएपछि पनि जेल परेका साथीलाई छुटाउने, भारतमा निर्वासित जीवन बिताइरहेका सहयोगीलाई देश भित्र ल्याउन राजालाई विश्वास दिलाउन प्रयत्न गर्ने, भारत र राजसँग ‘प्रजातन्त्र’ पुनः बहाली गर्न वातावरण बनाउने काममा उनी लागेको पाइन्छ।

विश्वेश्वरप्रसाद कोइराला र उनका बीच केही शंका उब्जिएको एक प्रमुख कारण उनि  पहिले नै जेलबाट बाहिर आउनु थियो। सूर्यप्रसादका विचारमा प्रजातन्त्रको लडाइँ देश भित्रैबाट हुनुपर्छ भन्ने थियो जसलाई पछि कृष्णप्रसाद भट्टराईले र महेन्द्रनारायण निधिले पनि अवलम्बन गरेका थिए। उपाध्यायको वि. सं. २०४१ साउन १५ गते नयाँ दिल्लीमा उपचारकै क्रममा  निधन भएको थियो। यी सबै घटनाक्रमलाई नजिक बाट नियाल्दा उनी नेपालको राजनीतिक भूमिकाको महत्वपूर्ण केन्द्रविन्दुमा एक वरिष्ठ राजनीतिज्ञ हुनुहुँदो रहेछ भन्ने थाहा हुन्छ । यो पुस्तक उनीसंग सम्बन्धित तथ्य र अभिलेखहरूमा आधारित छ । यस पुस्तकको सम्पादन महामुनीश्वर आचार्यले गरेका छन । यही वर्ष प्रकाशन भएको यस पुस्तकमा तौलरहित पहेंलो हलुका कागजको प्रयोग भएको छ भने छपाइ स्तरीय छ। आवरणमा सूर्यप्रसाद उपाध्यायको युवा अवस्थाको फोटो राखिएको छ र पृष्ठआवरणमा बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायको फोटो राखिएको छ। उक्त पुस्तक ४६४ पेजको रहेको छ। विषयसूचीको विस्तार सात पृष्ठसम्मको रहेको छ भने र १८२ वटा सामग्री पुस्तकमा अटाएका छन्।

पुस्तकभित्र सूर्यप्रसाद उपाध्यायका भाषाण, वक्तव्य, अन्तर्वार्ता र लेखहरू सङ्कलन गरिएको छ भने उहाँबारे अरूले सिर्जना गरिदिएका केही लेख रचनाहरूलाई पनि स्थान दिइएको छ। एकजना वरिष्ठ राजनीतिज्ञको बारेमा गहिराइमा पुगेर उनले गरेको योगदानलाई सम्मान गर्दै यति धेरै कुशलतापुर्वक पुस्तक प्रकाशन गर्न निकै ठूलो लगनशीलता, मेहनत, इच्छा र लगावको आवश्यकता पर्दछ । यती मिठो संयोजन गरेर पठनीय पुस्तक प्रकाशन गरेकोमा प्रकाशक संस्था सूर्यप्रसाद स्मृति प्रतिष्ठान तथा सम्पादक महामुनीश्वर आचार्यलाई हार्दिक धन्यवाद । साथै यस संस्था अझै यस प्रकारका खोजमूलक पुस्तकहरूको प्रकाशन गर्न सफल बनोस् हार्दिक शुभकामना । copy : https://dainiknewspost.com/2023/02/03/29896/?fbclid=IwAR1suobkUolBJmysJ7vUKXvewVp1TUC-FFZ9YVTHVWaekT3DK9Ibt76tdOE

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...