सामसुङको नयाँ स्मार्टफोनले खिच्यो चन्द्रमाको तस्वीर, एलन मस्कसमेत दंग

काठमाडौं । सामसुङ कम्पनीले आफ्नो ग्यालेक्सी एस सिरिजको पछिल्लो संस्करण ग्यालेक्सी एस २३ हालै सार्वजनिक गरेको छ ।

ग्यालेक्सी एस २३ सिरिजमा तीन वटा मोडेल सार्वजनिक गरिएकोमा ग्यालेक्सी एस २३ अल्ट्रा सबैभन्दा महंगो तथा शक्तिशाली स्मार्टफोनको रुपमा रहेको छ ।

यो स्मार्टफोन सामसुङको हालसम्मकै सबैभन्दा महंगो स्मार्टफोन समेत हो । सामसुङले यो स्मार्टफोनमा रहेको क्यामराका विषयमा विभिन्न खालका दाबी गर्दै आएको छ । २ सय मेगापिक्सेलको मुख्य क्यामरा रहेको उक्त स्मार्टफोनको क्यामरा जूमबाट ट्वीटरका सीईओ तथा अर्बपति एलन मस्क समेत प्रभावित भएका छन् ।

खासै अरुको प्रसंसा गर्ने बानी नभएका एलन मस्कले सामसुङको सबैभन्दा पछिल्लो प्रिमियम स्मार्टफोन ग्यालेक्सी एस २३ अल्ट्रामा रहेको क्यामराको खुलेरै प्रसंसा गरेका हुन् । उनले त्यसका बारेमा एक ट्वीट गरेका छन् । ग्यालेक्सी एस २३ अल्ट्राले चन्द्रमाको प्रष्ट तस्वीर खिचेको एउटा भिडियो ट्वीटरमा शेयर गरिएकोमा मस्कले उक्त भिडियोमा टिप्पणी गर्दै वाह लेखेका छन् ।

माइक्रो ब्लगिङ साइट ट्वीटरमा एक अमेरिकी युट्युबर मार्कस ब्रोनलीले सो भिडियो पोस्ट गरेका थिए ।

भिडियोमा उनले ग्यालेक्सी एस २३ अल्ट्राबाट १०० गुणा जूममा चन्द्रमाको तस्वीर खिच्दा कस्तो देखिन्छ भन्ने देखाएका छन् । भिडियोसँगै उनले ट्वीटमा लेखेका छन्, ‘मलाई थाहा छैन कि १०० गुणामा चन्द्रमाको तस्वीर खिच्ने आवश्यकता कसलाई होला ? तर यसका लागि ग्यालेक्सी एस २३ अल्ट्रा फोन तपाईँका लागि उपलब्ध छ ।’for test copy by https://www.onlinekhabar.com/2023/02/1260050

राष्ट्रिय सभा सदस्य रेणु चन्दले यही भदौ पहिलो साता आफ्नो अभिव्यक्ति शैलीबारे यसरी संकोच व्यक्त...

सुदूरको स्वास्थ्य क्षेत्रमा रास्वापा प्रदेश महामन्त्री जोशीको चासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा सुधारका निम्ति विशेष चासो...

युवानेता लोकेश जोशीको पहलमा ५० हजार बराबर को पुस्तक सहयोग

जोशीपुर गाउँपालिका–२, मुद्धीस्थित श्री जनप्रकाश माध्यमिक विद्यालयलाई भारतीय दूतावास, काठमाडौंले विद्यार्थी तथा शिक्षकका लागि आवश्यक...

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...