साफ च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई, नेपाल उपविजेतामै सीमित

साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा नेपाललाई ३-० गोलअन्तरले हराउँदै आयोजक बङ्गलादेशले उपाधि चुमेको छ ।

बंगलादेशको राजधानी ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा आज भएको फाइनलमा बङ्गलादेश नेपाललाई ३-० ले हराउन सफल भयो । पहिलो हाफमै दुई गोलको अग्रता लिएको बङ्गलादेशले खेलको ८७ औँ मिनेटमा तेस्रो गोल गर्दै नेपालको पुनरागमन गर्ने कुनै पनि सम्भावना अन्त्य गरेको थियो ।

लिग चरणमा ३ मध्ये दुई खेल जितेको नेपालले बङ्गलादेशसँगको खेलमा ३-० गोल अन्तरकै हार व्यहोरेको थियो । नेपालले भारत र भुटानलाई हराएको थियो । बङ्गलादेश भने प्रतियोगिताभर अपराजित रही उपाधि पनि हासिल गरेको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...