‘काक्रो नखानेको निधारमा बियाँ कसरी लाग्यो? : कमल शाह

दूरपश्चिम प्रदेशको बजेटमा देखिएका त्रुटि र अनियमितताबारे छानबिन गर्न आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले पदबाट राजीनामा दिनुपर्ने नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् ।

मंगलबार सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आर्थिक मामिलामन्त्री मल्लले ‘काक्रो कसले खायो, बियाँ मेरो र मुख्यमन्त्रीको निधारमा टाँसियो’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए । मन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलले जवाफ मागेको छ ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले काक्रो नै नखाएको अवस्थामा त्यसको बियाँ अर्थमन्त्री र मुख्यमन्त्रीको निधारमा कसरी पुग्यो भन्ने विषयको छानबिन हुनुपर्ने बताएका हुन् । उनले बजेटमा देखिएका त्रुटिको जिम्मेवारीबाट अर्थमन्त्री उम्किन नमिल्ने भन्दै निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे ।

‘काक्रो नखाई निधारमा बियाँ कसरी लाग्यो ? यसको छानबिन हुनुपर्छ,’ शाहले भने, ‘बजेट निकै त्रुटिपूर्ण छ । जबरजस्ती प्रदेशसभाबाट पारित गरिएको छ । आर्थिक मामिलामन्त्रीले नै बजेटमा समस्या रहेको स्वीकार गरिसक्नुभएको छ । अब ती समस्या कहाँबाट आए भन्ने विषयमा अनुसन्धान गर्न उहाँले राजीनामा दिनुपर्छ ।’

शाहले बजेटमा देखिएका त्रुटि र विवादलाई सामान्य रूपमा लिन नहुने बताउँदै त्यसको वास्तविक कारण पत्ता लगाउन आवश्यक रहेको बताए । उनका अनुसार बजेट निर्माणदेखि त्यसलाई अन्तिम रूप दिने प्रक्रियासम्म भएका कमजोरीबारे छानबिन हुनुपर्छ ।

चालु आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सुदूरपश्चिम प्रदेश सरकारभित्रै असन्तुष्टि देखिएको छ । बजेटका विषयमा सत्तारूढ दलका सांसदहरूले समेत संशोधनको माग गर्दै आएका थिए । बजेट सार्वजनिक गर्ने प्रक्रियामा भएको ढिलाइ र बजेटमा समावेश योजनालाई लिएर प्रदेशसभाभित्र विवाद चर्किएको थियो ।

Oplus_131072

लामो समयको अन्योलपछि आइतबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री मल्लले ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भएलगत्तै सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट त्यसका विभिन्न पक्षमाथि प्रश्न उठेका थिए ।

मंगलबार प्रदेशसभाबाट बजेट पारित भए पनि बजेट निर्माणमा देखिएका त्रुटि, योजनाको छनोट र त्यसको जिम्मेवारीका विषयमा राजनीतिक विवाद भने कायमै छ । निवर्तमान मुख्यमन्त्री शाहले उठाएको राजीनामा र छानबिनको मागले प्रदेश सरकारमाथि थप राजनीतिक दबाब सिर्जना गरेको छ ।

Examples are most valuable when they turn an abstract idea into a situation that readers can inspect, compare, and remember. In education, a well-chosen case should reveal the rule it illustrates while also showing where that rule stops applying, rather than presenting a polished answer without context. A worked example in test design, for instance, can show how a question measures reasoning, how distractors expose misconceptions, and how wording affects the reliability of results. That surrounding detail matters because learners build stronger mental models when they see both the decision and the evidence behind it. Editors and teachers therefore benefit from varying examples across industries, cultures, and levels of difficulty, ensuring that understanding transfers beyond the original case.

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...