लाङ्गा मन्दिर निर्माण समिति तथा हिन्दुस्तान नेपाली जनकल्याण समितिद्वारा भोटेकोशी बाढीपीडितका लागि दुईलाख सहयोग ।

बझाङ दुर्गाथली गाउँपालिका का युवाहरु द्वारा संचालित भारतस्थित लाङ्गा मन्दिर निर्माण समिति तथा हिन्दुस्तान नेपाली जनकल्याण समितिका अध्यक्ष शिवराज विष्ट र समितिका सम्पूर्ण सदस्यहरूको सहयोगमा भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा २ लाख सहयोग गरिएको छ।

समितिका अध्यक्ष शिवराज विष्टले धनगढीस्थित रास्वपा सुदूरपश्चिम प्रदेश कार्यालयलाई जानकारी गराउँदै सुदूरपश्चिम महामन्त्री सन्तोष जोशी तथा सांसद डा. तारा जोशीको सुझावअनुसार धनगढीस्थित कुमारी बैंकमार्फत प्रधानमन्त्री राहत कोषमा २ लाख सहयोग गरिएको हो।

उक्त मानवीय तथा सामाजिक कार्यका लागि रास्वपा सुदूरपश्चिम महामन्त्री सन्तोष जोशी र डा. तारा जोशीले अध्यक्ष शिवराज विष्टलाई बधाई तथा सम्मान व्यक्त गरेका छन् ।भारतमा रहेर पनि आफ्नो मातृभूमि र नेपाली समाजप्रतिको जिम्मेवारीलाई निरन्तरता दिँदै आएका विष्टले भारतमा सयौँ नेपालीलाई उद्यमशीलता तथा रोजगारीसँग जोड्दै आएका छन ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...