बजेट लेखनलाई तीव्रता दिन मुख्यमन्त्रीको निर्देशन।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेट लेखन प्रक्रियालाई तीव्रता दिन मातहतका सबै मन्त्रालयलाई निर्देशन दिनुभएको छ

बजेट लेखन प्रक्रिया शीघ्र सम्पन्न गर्ने विषयमा मुख्यमन्त्री भट्टको अध्यक्षतामा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बजेट लेखनलाई तीव्रता दिन छलफल भएको हो । बैठकमा छिटोछरितो रूपमा बजेट निर्माणको काम सम्पन्न गर्ने तथा आवश्यक प्रक्रिया तत्काल अघि बढाउने विषयमा छलफल गरिएको थियो ।

बैठकमा प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्रीहरू, प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री भट्टले बजेट निर्माण प्रक्रियालाई तिब्रता दिन सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभएको छ ।साथै उहाँ ले सामाजिक बिकास मन्त्रालय ले गरिरहेको को काम प्रति आफु सन्तुष्ट भयको भन्दै सामाजिक बिकास मन्त्री लगायत सचिवालय को टिम लाई धन्यवाद दिनुभएको थियो !

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...