धनगढी उपमहानगरपालिका वाड नं १३ मा रहेको हिमाली टोल युवा क्लबको आयोजनामा बृहत् खुला पेनाल्टी सुटआउट कप–२०८३ हुने भएको छ। विजयादशमीको अवसरमा पारी हिमाली टोल युवा क्लबले उक्त प्रतियोगिता आयोजना गर्न गइरहेको संयोजक सनम सुनारले बताएका छन्।
प्रतियोगीता यही असोज २४ गते जनता स्कुलको खेलमैदान, धनगढी–१३, कैलाली हुने बताइएको छ। प्रतियोगितामा प्रथम पुरस्कार: रु. ४१,०००/- द्वितीय पुरस्कार: रु. २१,०००/- निर्धारण गरिएको छ भने, दर्ता शुल्क: रु. २,५००/- निर्धारण गरिएको छ । टिम दर्ताका लागि निम्न नम्बरमा सम्पर्क गर्नुपर्ने बताइएको छ। ९८१४६८४३२७ | ९७४–२३८९२३५
