विभिन्न नियुक्तिहरू पारदर्शी बनाउन स्वपा सुदूरपश्चिम प्रदेश कमिटीको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविध्यालायालाई ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी, सुदूरपश्चिम प्रदेश समितिको तर्फबाट प्रदेश सभापति, प्रदेश महामन्त्री, कैलाली जिल्ला सभापति, प्रदेश समिति सदस्य तथा पदाधिकारीज्यूहरूको उपस्थितिमा गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।
विश्वविद्यालयले आवश्यक जनशक्ति पदपूर्तिका लागि आह्वान गरेको विज्ञापन तथा छनोट प्रक्रियामा कुनै पनि राजनीतिक, व्यक्तिगत वा बाह्य प्रभाव र दबाबका आधारमा अयोग्य, अदक्ष वा अर्धदक्ष जनशक्तिको प्रवेश नहोस् भन्ने विषयमा ध्यानाकर्षण गराइएको हो।
मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित संस्थामा दक्षता, योग्यता, अनुभव र व्यावसायिक क्षमतालाई प्राथमिक आधार बनाई निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य जनशक्तिको छनोट होस् भनि प्रदेश सभापति प्रकाश बिष्ट , माहामन्त्री सन्तोष जोशी लगाएतका नेताहरुको उपस्थितिमा उक्त ध्यानाकर्षण पत्र बुझाइएको हो ।

साथै, कुनै व्यक्ति वा समूहबाट विश्वविद्यालयको पदपूर्ति प्रक्रियामा अनुचित दबाब, प्रभाव वा शक्तिको प्रयोग गरी संस्थागत स्वायत्तता र निष्पक्ष प्रक्रियामा हस्तक्षेप गर्ने प्रयास भएमा प्रचलित कानुन तथा पार्टीको आन्तरिक अनुशासनबमोजिम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई जानकारी गराउने विषयमा समेत ध्यानाकर्षण गराइएको छ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...