युवा मैत्री बजेट बनाउन मुख्यमन्त्री भट्टलाइ भोलिन्टियर फोर्स सुदूरपश्चिमको सुझाव

प्रदेशका युवाका लागि “युवा रोजगारी तथा उद्यमशीलता अभियान” सञ्चालनका लागि आग्रह गर्दै नेसनल भोलिन्टियर फोर्स सुदूरपश्चिम प्रदेश कमिटीले सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापनपत्र बुझाएको छ। 

सुदूरपश्चिम प्रदेशका युवाको बढ्दो जनशक्ति उत्पादन, स्थानीय स्रोत-साधन तथा कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि, निर्माण, सेवा र स्थानीय उत्पादनका क्षेत्रमा रहेको सम्भावनालाई रोजगारी, स्वरोजगार तथा उद्यमशीलतामा रूपान्तरण गर्न आग्रह गर्दै प्रदेश सरकारले विशेष प्राथमिकताका साथ एकीकृत कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उक्त पत्र बुझाइएको हो।

हाल युवालाई लक्षित गरी विभिन्न सीप तथा तालिम कार्यक्रम सञ्चालन भईरहे पनि तालिम प्राप्त गरेपछि रोजगारीमा प्रवेश, उद्यम स्थापना, आवश्यक पूँजी, प्रविधि, बजार तथा व्यवसायिक परामर्श प्राप्त गर्ने प्रक्रिया पर्याप्त रूपमा एकीकृत हुन नसकेको भोलिन्टियर फोर्सको गुनासो रहेको छ। त्यसैले “तालिम दिने मात्र होइन, सीपलाई रोजगारी, उद्यम, उत्पादन र आम्दानीसँग जोड्ने” परिणाम मुखी कार्यक्रम आवश्यक रहेको पत्रमा उल्लेख गरिएको छ। 

यसै सन्दर्भमा “सुदूरपश्चिम युवा रोजगारी तथा उद्यमशीलता अभियान” सञ्चालनका लागि मुख्य ६ बुँदामा महत्त्वपूर्ण सुझाव सहित पेश गरिएको छ। फोर्सका सह- कमाण्डर दीपेन्द्र खड्का, युवानेता सनम सुनार लगाएतका युवाहरुले उक्त ज्ञापनपत्र बुझाएका हुन।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...