हालसम्म भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका १२९४ शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै बाढीमा परी मृत्यु भएका १२९४ जनाको शव प्राप्त भएको जनाएको हो। बाढीमा परि ५०५३ जना बेपत्ता छन् भने हालसम्म १३ हजार ९५ जनाको उद्धार गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्। उनले रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४,६२७ जना व्यक्तिहरू आश्रयमा रहेको बताइन्। उनका अनुसार बाढीका कारण ७,५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र प्रत्यक्ष रूपमा ३२,९३३ जनसंख्या प्रभावित भएको प्रारम्भीक आंकलन रहेको छ। त्यस्तै बाढीका कारण ४८ वटा सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्था प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्रवक्ता महतले बाढीका कारण ५५ किलो मिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको, ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको जानकारी दिइन्।
पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ
नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...
