भोटेकोशी बाढी : हालसम्म १२९४ शव फेला, ५०५३ जना अझै बेपत्ता

हालसम्म भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका १२९४ शव फेला परेको छ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै बाढीमा परी मृत्यु भएका १२९४ जनाको शव प्राप्त भएको जनाएको हो। बाढीमा परि ५०५३ जना बेपत्ता छन् भने हालसम्म १३ हजार ९५ जनाको उद्धार गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्। उनले रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४,६२७ जना व्यक्तिहरू आश्रयमा रहेको बताइन्। उनका अनुसार बाढीका कारण ७,५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र प्रत्यक्ष रूपमा ३२,९३३ जनसंख्या प्रभावित भएको प्रारम्भीक आंकलन रहेको छ। त्यस्तै बाढीका कारण ४८ वटा सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्था प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्रवक्ता महतले बाढीका कारण ५५ किलो मिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको, ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको जानकारी दिइन्। 

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...