निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र नवजीवन सहकारी संस्था लिमिटेड बीच सहकारीका शेयर सदस्यलाई स्वास्थ्य उपचारमा विशेष छुट दिनेगरि दोहोरो सम्झौता भएको छ।
सम्झौताअनुसार २०८३ साल भदौ १ गतेदेखि नवजीवन सहकारीका सम्पूर्ण शेयर सदस्यले निसर्ग हस्पिटलबाट सुलभ मूल्यमा स्वास्थ्य सेवा तथा उपचार सुविधा प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा नवजीवन सहकारी संस्थाका अध्यक्ष गोपालराज पाठक र निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा नवजीवन सहकारीका उपाध्यक्ष उत्तम जोशी र निसर्ग हस्पिटलका डा. प्रदीप मिश्रको उपस्थिति रहेको थियो।
सम्झौताले सहकारीका शेयर सदस्यलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहकारीका अध्यक्ष पाठकले यस सम्झौताले आफ्ना सेयर सदस्यलाई उपचारमा राहात हुने अपेक्षा सहित सम्झौता गरिएको बताएका छन्।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...