सबैलाई समान कारबाही हुनुपर्छ : रास्सांवपा सद मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा जारी अतिक्रमित सार्वजनिक जमिन फिर्ता गराउने अभियान कुनै वर्ग विशेषमा मात्र सीमित नभई सबैका लागि समान रूपमा लागू हुने बताएका छन्।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद झाले जनकपुरमा डोजर चलाएर सार्वजनिक जमिन खाली गराउन थालिएपछि सर्वसाधारणमा ठूला-बडालाई छाडेर गरिबका टहरा मात्र भत्काइने हो कि भन्ने आशंका उब्जिएको उल्लेख गरे। यसबारे गुठी संस्थान समन्वय गरेर बुझ्दा साना-ठूला सबैमाथि बिना भेदभाव समान व्यवहार गरिने स्पष्ट पारिएको जानकारी उनले गराए।

वि.सं. २०६२ मा भोजराज घिमिरेको नेतृत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनअनुसार जनकपुरमा मात्रै करिब ९५० बिघा जमिन अपचलन, अतिक्रमण र दुरुपयोग भएको औँल्याइएको थियो। सोही प्रतिवेदनलाई मुख्य आधार बनाएर अहिले सङ्घीय सरकार र प्रधानमन्त्रीको विशेष चासोका साथ डोजर चलाएर अतिक्रमित जमिन खाली गराउने कार्य तीव्र पारिएको हो।

अभियानका क्रममा पहुँचवाला र प्रभावशाली व्यक्तिहरू उम्किने हो कि भन्ने जनकपुर बासीमा त्रास र शंका कायम रहेकै बेला गुठी संस्थानसँग  समन्वय गरेकाे उनकाे भनाइ छ । उनका अनुसार पोखरी मिचेर निर्माण गरिएका ठूला होटल, तिनका पार्किङ स्थल, अवैध रूपमा सञ्चालित अस्पताल तथा निजी व्यक्तिहरूले भाडा असुल गरिरहेका सार्वजनिक जमिन १५ दिनभित्र खाली गर्न सूचना जारी गर्ने तयारी गरिएको छ।

संसद्‌मा बोल्दै सांसद झाले सरकारको यस कदमप्रति कृतज्ञता व्यक्त गर्दै कानुनी कारबाहीको दायरामा सबैलाई समान रूपमा ल्याउन र गरिब तथा पहुँचहीनमाथि मात्रै कडाइ नगर्न पुनः ध्यानाकर्षण गराएका छन्।

पदभार ग्रहण गर्दै उद्योगमन्त्री साहले भने- जनतालाई जति आवश्यकता छ, त्यति ग्यास दिनैपर्छ

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्। सिंहदरवारस्थित मन्त्रालयमा बिहीबार...

धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा युवाहरुको राहत संकलन बाट एक लाख छ हजार बढी रकम सहयोग

भोटेकोसी बाढीपहिरो पीडितका निम्ति धनगढी उपमहानगरपालिका- १७ को सहकार्यमा वडाका युवाहरुले राहत संकलन बाट एक...

कुटनी बुर्हिया माता धार्मिक क्षेत्र लगाएत अन्य ३ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न युवाको सुझाव

सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको पूर्वसन्ध्यामा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई युवाहरुले सुझाव प्रतिवेदन पेश गरेका...

बाढीप्रभावितका लागि कांग्रेसले दियो सरकारलाई १ करोड

रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी...

निजी क्षेत्रको मागलाई गम्भीरताका साथ सम्बोधन गर्छौँ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले होटल व्यवसायीहरूको माग स्वरोजगार र उत्पादनसँग जोडिएको विषय...

बाढीपीडितहरुसंग प्रधानमन्त्रीको प्रतिबद्धता : तपाईहरुलाई कहिल्यै अलपत्र छाड्दैनौं

प्रधानमन्त्री बालेन शाहले विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुलाई कहिल्यै अलपत्र नपार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार...