क्रिस्टियानो रोनाल्डो छैंटौं पटक विश्वकप खेल्ने दोस्रो खेलाडी

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले छैंटौं पटक विश्वकप खेल्ने दोस्रो खेलाडी बनेका छन्। २०२६ को विश्वकपमा आज बिहान भएको समूह जे अन्तर्गतको खेलमा कङ्गोविरुद्ध खेल्दै रोनाल्डोले छैटौं पटक विश्वकप खेल्ने दोस्रो खेलाडी बनेका हुन्।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को पहिलो खेलमा पोर्चुगल र डिआर कंगोले १-१ बराबरी खेलेका छन्। ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगल र डिआर कंगोले बराबरी खेल्दै अङ्क बाँडेका हुन्।

पहिलो हाफको सुरुवाती समयमै पोर्चुगलले अग्रता बनाएको थियो। खेलको छैटौं मिनेटमा नै पोर्चुगलले गोल गरेको थियो। पोर्चुगलका लागि जोआओ नेभेसले पेड्रो नेटोको क्रसमा हेडर मार्फत कल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। 

खेलको पहिलो हाफमा थप गरिएको पाँचौं मिनेटमा  कंगोले बराबरी गोल फर्कायो। कंगोको लागि योआन विस्साले हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। 

दोस्रो हाफको खेलमा दुवै टोलीले केही मौकाहरू बनाए पनि सदुपयोग पनि गर्न सकेनन्। जसको फल स्वरूप पोर्चुगलले कंगोसँग अंक बाँडेको हो।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...