ब्राउन सुगर सहित दुइजना पक्राउ

रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगर र नगदसहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई प्राप्त विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ करिब ६ः३० बजे चन्द्रपुर–६ डावरीटोल निवासी २६ वर्षीय निराशकुमार सापकोटालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले सापकोटाको शरीर तथा साथमा रहेको पर्स तलासी गर्दा कालो प्लास्टिकमा बेरेर लुकाइछिपाइ राखिएको खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारेको जनाएको छ । बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित ०.१६० मिलिग्राम तथा प्लास्टिक बाहेक ०.०८० मिलिग्राम रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख प्रहरी नायवउपरीक्षक रुपा लाबुङले जानकारी दिइन् ।

तलासीका क्रममा सापकोटाको साथबाट नगद ३२ हजार २९० रुपैयाँ समेत बरामद भएको छ भने प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागुऔषध बिक्री गर्ने व्यक्तिको पहिचान भएपछि प्रहरीले चन्द्रपुरकै शान्तिनगर टोल निवासी ३० वर्षीय विकास न्यौपानेलाई पनि नियन्त्रणमा लिएको लाबुङले बताइन् । उनको साथबाट पनि २२ हजार ३९० रुपैयाँ नगद बरामद भएको । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखी लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको लाबुङले बताइन् ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...