असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने

यही असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गरिने भएको छ ।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यसबारे जानकारी गराएकी हुन् ।आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्वासीहरूलाई लालपुर्जा दिइन्छ कि दिइँदैन् ? भनेर सोधेका थिए । काठमाडौंका सुकुमवासीहरूलाई विस्थापन गरेर सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ । होल्डिङ सेन्टरमा व्यवस्थापन समेत राम्रो नभएको भनेर प्रश्न उठिरहेको छ ।यदि व्यवस्थापन गर्न नसक्ने भए पहिले बसेकै ठाउँमा व्यवस्थापन गर्न सकिने पनि साम्पाङको आग्रह थियो ।

जवाफमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रावलले असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने जानकारी दिएकी हुन् ।

‘लालपुर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौं । अब असारको तेस्रो हप्तादेखि हामीले लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्ने छौं ।’

विगतमा सरकारले भूमि आयोगमार्फत काम गर्दै आएको थियो । वर्तमान सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुमवासीको व्यवस्थापनको काम अगाडि बढाएको छ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...