
घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा खेम ढुङ्गाना सर्वसम्मत चयन भएका छन्। आइतबार सम्पन्न समूहको प्रथम अधिवेशनले ढुङ्गानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

गत मंसिरमा स्थापना भएको घोडाघोडी सञ्चारकर्मी समूहको तदर्थ समितिको नेतृत्वसमेत सम्हाल्दै आएका ढुङ्गाना अधिवेशनमार्फत निर्वाचित पहिलो कार्यसमितिको अध्यक्ष बनेका हुन्।
कार्यसमितिको उपाध्यक्षमा दसीराम चौधरी, सचिवमा वीरेन्द्र शाह, सहसचिवमा ज्योति बोहरा, कोषाध्यक्षमा कालुराम चौधरी तथा सदस्यमा प्रशान्त दशौदी र रोशन रसाइली सर्वसम्मत चयन भएका छन्।