जोशीपुर जेसिजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कैलालीको जोशीपुरमा जोशीपुर जेसीजले रक्तदानको कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । जोशीपुर जेसीजको आयोजना तथा रेडक्रस सोसाईटी शाखा कार्यालय टीकापुरको प्राविधिक सहयोगमा सम्पन्न भएको रक्तदानमा २१ पिन्ट ब्लड संकलन भएकोछ ।

अस्पतालमा रगतको अभाव भैरहेको समयमा जोशीपुरका रक्तदाताहरुले दान गरेको रगत कसैको जीवनलाई जीवनदान दिन सक्ने भन्दै उक्त रक्तदान गरिएको हो। कार्यक्रममा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरी को समेत उपस्थिति रहेको थियो ।

जोशीपुर जेसीजका अध्यक्ष तथा कार्यक्रमका सभापति जीवन डंगौराको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूको सहभागिता समेत रहेको थियो।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...