रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा दोहोरिने दाउमा बिष्ट

कैलाली निर्वाचन क्षेत्र नं १ टीकापुर घर भएका इन्जिनियर प्रकाश विष्ट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश सभापतिमा फेरि दोहोरिन खोजिरहेका छन् । रास्वपा स्थापनाकाल देखि पार्टीको प्रदेशको नेतृत्व गर्दै गत फाल्गुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

आफू क्षेत्र नं १ मा उम्मेद्वार बन्न चाहेपनि अन्य पार्टीबाट आएका नेताहरूको व्यवस्थापन गर्नुपर्ने भएकाले उनले आफू पछि हटेर पार्टीलाई बलियो बनाउन लागेका थिए। विष्टका पछिल्ला राजनीतिक गतिविधिले उनलाई परिपक्व र कुटनीतिक रुपमा समेत परिपक्क नेताका रुपमा चिन्ने गरिन्छ। कैलाली क्षेत्र नं १ को सम्भावित कुशल राजनीतिज्ञका रुपमा विष्टलाई लिने गरिएको छ। प्रदेश सभापतिमा अरुलेपनी चासो देखाएको भएपनि विषय अरूभन्दा बलियो उम्मेद्वारका रुपमा रहेको र सहजै सबैले स्वीकार गर्ने नेताहरूले बताउने गरेका छन्।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...