
काठमाडौं– नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्षपछि गृह मन्त्रालयले पुराना फाइलहरू कोट्याउँदै पुनः छानबिन गर्ने औपचारिक निर्णय गरेसँगै नेपाली राजनीति र सुरक्षा वृत्तमा नयाँ बहस तरंगित भएको छ।

राजा वीरेन्द्रको वंश नै नाश गरिएको उक्त विभत्स घटनालाई लिएर अनेकौँ भू–राजनीतिक र राजनीतिक आयामका चर्चा भइरहँदा २५ वर्षदेखि अनुत्तरित देशकै सर्वोच्च सुरक्षा निकाय र तत्कालीन शाही नेपाली सेनाले आफ्ना परमाधिपतिको हत्या हुँदा किन थाहा पाउन सकेन, किन रोक्न सकेन? भन्ने प्रश्न जीवित छ।