९ महिनामा वीरगञ्ज भन्सारबाट १ खर्ब ७७ करोड राजस्व संकलन

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले गत आवको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १६ अर्ब २० करोड रुपैयाँ अर्थात्, १० प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सार कार्यालयले चालु आवको ९ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व संकलन गरेको बताए । भन्सार विभागले कार्यालयका लागि चालु आवको ९ महिनामा भने १ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ लक्ष्य निर्धारण गरेको थियो ।

वीरगञ्ज भन्सारले चालु आवको साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोजमा १९ अर्ब ९ करोड रुपैयाँ, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ, मंसिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

त्यस्तै, पुसमा २० अर्ब २० करोड रुपैयाँ, माघमा १८ अर्ब ९२ करोड रुपैयाँ, फागुनमा १९ अर्ब ३४ करोड रुपैयाँ र चैतमा २२ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर, चालु आवको ९ महिनामा कुल वार्षिक लक्ष्यको ६५ प्रतिशत मात्रै राजस्व संकलन हुन सकेको छ । चालु आवको तीन महिना अझै बाँकी रहेकाले पनि थप राजस्व संकलन हुने सम्भावना भने कायमै छ ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...