जोशीपुर गाउँपालिकामा करदाता सेवा स्थानीय तहमै सुरु

कैलालीको जोशीपुर गाउँपालिकामा करदाता सेवा स्थानीय तहमै सुरु भएको छ। संघीय संरचना अनुसार वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गर्दै करदातालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा प्रारम्भ गरिएको हो।

नेपाल सरकारको मिति २०८२/०५/१९ गतेको निर्णयअनुसार यसअघि करदाता सेवा कार्यालय लम्कीबाट प्रदान हुँदै आएका सेवाहरू अब जोशीपुर गाउँपालिकाबाटै सञ्चालन हुने भएका छन्। यस सम्बन्धमा आन्तरिक राजस्व कार्यालय धनगढी, कैलाली र जोशीपुर गाउँपालिका, जोशीपुर कैलालीबीच सेवा सञ्चालनसम्बन्धी समझदारी भएको  सुचना अधिकारी मिन राज कठरियाले जानकारी दिनु भयो।

सम्झौताअनुसार पहिलो करदाताको रूपमा गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीलाई  स्थायी लेखा नम्बर (PAN) हस्तान्तरण गर्दै सेवाको औपचारिक सुरुवात गरिएको हो। उक्त  सेवा गाउँपालिकाका अध्यक्ष  चित्र बहादुर चौधरीले शुभारम्भ गर्नुभएको थियो।

कार्यक्रममा जोशीपुर गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत अमित कुमार शाह , आन्तरिक राजस्व कार्यालयका प्रमुख लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

स्थानीय तहमै करदाता सेवा सुरु भएसँगै करको दायरा विस्तार हुने, लागत प्रभावकारिता अभिवृद्धि हुने तथा कर सहभागिता बढ्ने विश्वास लिइएको छ। सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तअनुसार नागरिकमैत्री कर प्रशासनलाई सुदृढ बनाउने उद्देश्यले यो सेवा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...