गाउँपालिकाद्वारा लगातार दुई करार पदका विज्ञापन स्थगित

कैलालीको जोशीपुर गाउँपालिकाले सेवा करारमा पदपूर्तिका लागि प्रकाशित दुई वटा विज्ञापन अन्तिम समयमा आएर स्थगित गरेको छ।

गाउँ कार्यपालिकाको कार्यालयको निर्णयअनुसार कार्यालयका लागि सेवा करारमा पदपूर्ति गर्न मिति २०८२/०८/०९ गते प्रकाशित विज्ञापन नं. ०५/२०८२/०८३ अन्तर्गत आयुर्वेद सहायक वैद्य (सहायक चौथो) पदका लागि तोकिएको लिखित परीक्षा परीक्षा हुने दिनमै स्थगित गरिएको हो।

उक्त परीक्षा स्थानीय युवा, समाजसेवी, बुद्धिजीवी तथा व्यापारीहरूको पहलमा स्थगित गरिएको बताइएको छ। गाउँपालिका अध्यक्षले ‘आफ्ना मान्छेलाई बनाउने’ आशयका साथ गरिएको भनिएको भ्वाइस रेकर्डिङ सार्वजनिक भएपछि स्थानीयवासीहरूले यसमा अध्यक्षको मिलेमतोको आशंका गर्दै विज्ञापन रद्द गर्न मागसहित निवेदन पेश गरेका थिए। सोही निवेदनका आधारमा छनोट तथा पदपूर्ति समितिले निर्णय गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि लिखित परीक्षा स्थगित गरेको जनाएको छ।

त्यसैगरी, गाउँ कार्यपालिकाको कार्यालयका लागि सेवा करारमा पदपूर्ति गर्न मिति २०८२/०८/०९ गते प्रकाशित विज्ञापन नं. ०७/२०८२/०८३ अन्तर्गत एम्बुलेन्स चालक (श्रेणीविहीन) पदका लागि तोकिएको लिखित परीक्षा पनि अन्तिम समयमा आएर स्थगित गरिएको छ।

आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन गरिएको एम्बुलेन्स चालक पदको अन्तिम लिखित परीक्षामा वैकल्पिक सूचीमा परेका अनिल चौधरीले सोही पदमा आफूलाई नियुक्त गर्नुपर्ने माग गर्दै लिखित निवेदन पेश गरेका थिए। साथै स्थानीय युवा, समाजसेवी, बुद्धिजीवी तथा व्यापारीहरूले समेत वैकल्पिक उम्मेदवारलाई नै नियुक्त गर्नुपर्ने भन्दै दबाब दिएका थिए।

यस विषयमा कानुनी प्रक्रिया बमोजिम वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन मिल्ने वा नमिल्ने भन्ने विषयमा कानुनी राय तथा सम्बन्धित निकायहरूसँग थप परामर्श आवश्यक रहेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको पदपूर्ति समितिले जनाएको छ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...